Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

राइनासको मध्यपहाडी लोकमार्गको पहिरो हटाउन स्थानीयको सक्रियता

राइनासको मध्यपहाडी लोकमार्गको पहिरो हटाउन स्थानीयको सक्रियता

इच्छाकामना न्युज

११, आषाढ २०७९
राइनासको मध्यपहाडी लोकमार्गको पहिरो हटाउन स्थानीयको सक्रियता
images

लमजुङ, ११ असार । मध्यपहाडी लोकमार्गअन्तर्गत राइनास नगरपालिकाभित्र पर्ने सडक खण्डका विभिन्न स्थानमा खसेको पहिरो स्थानीय आफैले हटाउन थालेका छन् । पहिरोले सडक अवरोध एवं जोखिम बनाएको वर्षौ हुँदा पनि सम्बन्धित निकायले वास्ता नगरेपछि पहिरो फाल्ने तथा सडक सरसफाईका लागि स्थानीय आँफै खटिएका हुन् । 

images
images

राइनासका स्थानीय एवं सामाजिक अभियान्ता कृष्णराज ओलियाको अगुवामा विभिन्न व्यक्तिहरुको सहयोगमा जनस्तरबाट सडक सफाई अभियान तथा पहिरो पन्छाउने काम भएको हो । वर्षाका कारण सडक जीर्ण र जोखिम हुँदा पनि सम्वन्धित निकायबाट समाधानको लागि कुनै पहल नभएपछि समाजिक अभियान्ता ओलियाले समाजिक सञ्जालबाटै सडक सफाई अभियानमा जुट्न आव्हान गरेका हुन् । 

मध्यपहाडी लोकमार्गको पाउँदी पुल नजिकै हर्राबोटबाट सुरु  भएको सडक सफाई अभियान हर्राबोट प्यारजुङ सडक खण्डको सात ठाउँमा खसेको पहिरो पन्छाइएको ओलियाले जानकारी दिए । सो स्थानमा गत वर्ष असारमा पहिरोको कारण पुरै वाटो अवरुद्ध भएको थियो ।

तत्कालै पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन गर्न मिल्ने वनाइ पनि सडकको आधाभन्दा बढी स्थानमा खसेको पहिरो पन्छाउन कुनै पनि निकायले चासो नदिँदा सडकमै माटौ थुप्रिएर वसेको थियो । सडकखण्डअन्तर्गत अन्य स्थानमा खसेको पहिरो पन्छाउने तथा थुनिएका नाली सफाईलाई निरन्तरता दिने समाजिक अभियान्ता ओलियाले वताए । 

राइनास नगरपालिकाअन्तर्गत मध्यपहाडी लोकमार्ग तथा अन्य सडक मार्गमा एक वर्ष अगाडिदेखि गएको पहिरो पन्छाउन कुनै पनि निकायले चासो नदिँदा सवारी आवागमनमा समस्या झेल्नुपरेको थियो । यसवर्ष पुन निरन्तर वर्षाले पहिरो खस्ने तथा सडकमा लेदो थुप्रिएकाले सवारी सञ्चालनमा समस्या हुन थालेपछि सडक सफाईमा जुटेको अभियान्ता ओलियाले बताए । 

images
प्रकाशित मिति :आषाढ ११, २०७९ शनिवार - ०८:५७:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology