दिपक खत्री, सिन्धुपाल्चोक, १८ असार । ११ वर्षका बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा सिन्धुपाल्चोकमा एक वृद्ध पक्राउ परेका छन् ।
असार १३ गते पीडितकै घरमा जबरजस्तीकरणी गरेको आरोपमा हजुरबुबा नाता पर्ने ८१ वर्षका वृद्धलाई पक्राउ गरि अनुसन्धान कार्य अघि बढाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो ।