Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

चितवन विशेष

प्रेमको नाटक गरेर २५ लाख बढी ठगी गर्ने गैँडाकोटकी युवती पक्राउ

प्रेमको नाटक गरेर २५ लाख बढी ठगी गर्ने गैँडाकोटकी युवती पक्राउ

इच्छाकामना न्युज

२५, आषाढ २०७९
प्रेमको नाटक गरेर २५ लाख बढी ठगी गर्ने गैँडाकोटकी युवती पक्राउ
images

चितवन, २५ असार । चितवनमा प्रेमको नाटक गरेर विवाहित पुरुषसँग २५ लाख रुपैयाँ ठगी गर्ने गैँडाकोट –११ की सम्भावी पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

images
images

झण्डै एक वर्ष अगाडिदेखि पीडित पुरुषले दिएको उजुरीको आधारमा पाँच दिन अगाडि  पौडेललाई असार १८ गते प्रहरीले पक्राउ गरेको हो ।

चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीका अनुसार फेसबुक आईडीबाट चिनजान गरी प्रेम सम्बन्ध बढाएसँगै गैँडाकोटकी २६ वर्षीय पौडेलले भरतपुर महानगरपालिका १ का ५३ वर्षीय विवाहित पुरुषसँग पटकपटक गरेर २६ लाख ४५ हजार ७०० रुपैँया लिएकी थिइन् ।

फेसबुकमा भएको निरन्तरको कुराकानी, गफगाफले उनीहरु रेष्टुरेन्टमा प्रत्यक्ष भेटघाट गर्न थाले जसले गर्दा उनी बीचमा असल प्रेमी प्रेमिकाको सम्बन्ध बन्यो । ती युवतीले आकर्षक ब्लोअप तस्विरहरु पुरुषलाई पठाउने गरेपछि पुरुष झनै झनै युवतीको मायाझालमा फस्दै गए । आफूलाई निकै भाग्यमानी पुरुषको रुपमा सोच्न थाले ।

तर, जब २५ लाख रुपैयाँ हात पारिन् तब ती युवतीको केटासँग कुराकानी पातलिन थाल्यो । केटाले म्यासेन्जर, फोनमा धेरै कुराकानी र भेटघाट गर्न चाहे पनि केटीले बेवास्ता गर्न थालिन् । त्यसपछि युवती बिस्तारै सम्पर्कबाट टाढिन थालिन् ।

आफ्नी प्रेमिकाबाटै यसरी ठगिएपछि पुरुष ठगीको आरोपमा चितवन प्रहरीमा निवेदन दिए । अहिले चितवन प्रहरीले ती युवतीमाथि ठगीको अभियोगमा मुद्दा चलाएको चितवन प्रहरी प्रवक्ता अधिकारीले बताए ।

वास्तविक नाम लुकाएर फेसबुक मार्फत पुरूषलाई आकर्षित गर्न सफल उनले आठ लाख रूपैयाँ लिएपछि पुनः अर्को नाम राखेर सोही पुरूषसँग थप पैसा मागेको प्रहरी प्रवक्ता डीएसपी अधिकारीले जानकारी दिए । ती युवतीले विभिन्न बहाना गर्दै घरमा दुःख भएको कारण पैसा चाहिएको बताउने गरेकी थिइन् ।

अधिवक्ता फूलमाया रानाभाटले नेपालमा केटाकेटी लिभिङ टुगेदरमा बस्ने क्रमसँगै केटा केटी दुवै ठगिने क्रम बढ्न थालेको बताइन् । सामाजिक सञ्जालको प्रयोग बढ्दै गएसँगै यो क्रम महिला वा पुरुष दुवै ठगिने घटनाहरु बढेको बताइन् । उनले भनिन्, ‘यस्ता घटनालाई प्रहरी प्रशासनले पनि गम्भिरतापूर्वक लिएको छैन । सामान्य सहमति गराएर छाड्ने गरेको छ । प्रेमको नाममा नाटक गरेर ठगिने घटना समाजमा धमिराजस्तै फैलिँदै गएको छ ।’

उनले आजभोलि युवायुवती मेहनत नगरी सजिलोसँग पैसा कमाउन यस्ता अनैतिक क्रियाकलापमा लाग्ने गरेको बताइन् । उनले यस्ता घटनालाई समाजमा हतोत्साही गर्दै जानुपर्ने बताइन् । चितवन प्रहरीले ठगी गर्ने नयाँ प्रवृत्ति चितवनमा बढ्न थालेको भन्दै साइबर क्राइमबारे सचेततामूलक कार्यक्रम गराउँदै आएको छ । चितवन जिल्ला अदालतका अनुसार अहिले सबैभन्दा धेरै दर्ता भएका मुद्दा पारपाचुकेकै रहेका छन् । सामाजिक सञ्जालबाट सजिलै प्रेममा परेर विवाह गर्ने र स्वार्थ पूरा गरेपछि वा अन्य कुनै सामान्य कारण देखाउँदै सजिलै टाढिने क्रम बढ्न थालेको छ ।

 
 

images
प्रकाशित मिति :आषाढ २५, २०७९ शनिवार - २०:३४:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology