चितवन । मानव अधिकार तथा शान्ति समाज चितवन शाखाको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । समाजको साधारण सभा आज शनिवार समाजका सभापति शम्भु राउतको सभापतित्व तथा जिल्ला न्यायाधीश रितेन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख बक्ता पुर्ब केन्द्रिय सभापति डा.गङ्गगाधर अधिकारि, अतिथिहरु संस्थाका सल्लाहकार प्रकाश अधिकारी, पुर्ब केन्द्रिय उपसभापति उद्धब लोहनी, केन्द्रिय सचीव बाबुहरि आचार्य, पुर्ब केन्द्रिय सचिब राजेन्द्र पौडेल, केन्द्रिय प्रतिनिधि माधव प्रसाद गौतम, मानव अधिकार सरोकार केन्द्रका बिश्व ओझा, पुर्ब शाखा सभापति दिल बहदुर बोगटीले लगायतले मन्तव्य राखेका थिए।
साधारणसभाले नयाँ कार्य समितिको निर्वाचन गर्ने प्रक्रिया समेत सुरु गरेको छ । जसमा सभापति बाहेक अन्य पदमा निर्विरोध निर्वाचित भएको र सभापतिमा २ जनाको उम्मेद्वारी परेकाले पछि निर्वाचन गरि टुंगोमा पुग्ने सभाको सभापति शम्भु राउतले जानकारी दिए।