Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

पर्वत जलजलाका सबै सामूदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु 

पर्वत जलजलाका सबै सामूदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु 

इच्छाकामना न्युज

१३, पौष २०७७
पर्वत जलजलाका सबै सामूदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु 
images

रोशन तिवारी, पर्वत, १३ पुस । पर्वतको जलजला गाउँपालिकाका सबै सामूदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरु गरिने भएको छ । विद्यार्थीहरुलाई पढाईमा आकर्षित गर्न र पोषण सुधारका लागि गाउँपालिकाले दिवा खाजा कार्यक्रम शुरु गर्न लागिएको जनाएको छ । 
गाउँपालिकाका अध्यक्ष यामवहादुर मल्लले बालविकास केन्द्रदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई लक्षित गरि खाजा ख्वाउने कार्यक्रम शुरु गर्न थालिएको बताउनुभयो । गाउँपालिकाभित्रका ४४ वटा सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन हुनेछ । कार्यक्रममा दैनिक १५ हजार भन्दा बढी लगानी गर्नुपर्ने अवस्था रहेको छ भने वार्षिक ५० लाख भन्दा बढी दिवा खाजामा खर्च हुने गाउँपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माका अनुसार विद्यालय खुलेको दिनमा प्रति दिन १५ रुपैयाँका दरले दिवा खाजा खुवाउने गरी गाउँपालिकाले आवश्यक तयारी गरेको छ । दिवा खाजामा स्थानीय उत्पादन मात्रै प्रयोग गर्न भनिएको छ । 
विद्यार्थीहरुलाई पोषण सुधारका लागि अलगअलग खानेकुराको सूची बनाएर ख्वाउने व्यवस्था गर्न गाउँपालिकाले विद्यालयलाई परिपत्र गरेको छ । विद्यालय व्यवस्थापन समितिको निर्णयमा खाजा खुवाउने व्यवस्था गर्नुपर्ने र खाजा खुवाउदा आवश्यक मात्रा, स्वच्छता र पोषकतत्व सुनिश्चिततामा ध्यान पु¥याउनुपर्ने प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिनुभयो । 
अभिभावक, आमा समूह वा क्लब र अन्य व्यावसायिक लगायतको माध्यमवाट स्थानीयस्तरमा उत्पादित खाद्यान्न प्रयोग गरी दिवा खाजा खुवाउन सकिने जनाइएको छ । गाउँपालिकामा सामुदायिक विद्यालय ४४ वटा रहेका छन् । तीमध्ये १० वटा मावि, चार वटा आधारभूत विद्यालय र अन्य ३० वटा प्रावि तहका विद्यालय रहेका छन् । खाजा कार्यक्रमवाट झण्डै एक हजार भन्दा बढी विद्यार्थी लाभान्वित हुने भएका छन् ।

images
images

images
प्रकाशित मिति :पौष १३, २०७७ सोमवार - ०९:३०:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology