चितवन । मानव अधिकार तथा शान्ति समाज चितवनको सभापतिमा पुनः शम्भु राउत निर्वाचित भएको छ। समाजको २५औं जिल्ला साधारणसभाबाट सभापतिमा पुनः राउत निर्बिरोध निर्वाचित भएको हो।
समाजको साधारण सभाको समुद्घाटन भदौ १८ गते नै सम्पन्न भएको थियो। सो सभाले नयाँ कार्यसमिति निर्वाचित गर्नुपर्नेमा सभापतिमा सहमति हुन नसक्दा निर्वाचन हुन सकेको थिएन।

यद्यपी समाजको पूर्व पदाधिकारी लगायतले सहमतिका लागि निरन्तर छलफल गरे पश्चात आज बसेको बैठकमा सहमति भएपछि पुनः दोस्रो कार्यकालका लागि शम्भु राउतलाई नै सभापतिमा निर्वाचित गरेको हो।
समितिको उपसभापतिमा भवानी अधिकारी, सचिवमा जिवन केसी, सह–सचिवमा संसार चन्द्र न्यौपाने, कोषाध्यक्षमा तारा पौडेल, सदस्यहरुमा किरण राउत, रबिन खतिवडा, सुशील राना, राजेन्द्र प्रसाद वाग्ले, खेमराज अधिकारी र झलक प्रसाद अधिकारी निर्वाचित भएका छन्।