चितवन । मानव अधिकार तथा शान्ति समाज चितवनले अन्तर्राष्ट्रिय शान्ति दिवसका करिब ६ महिनादेखि चलिरहेको रुस–युक्रेनको यद्ध रोक्न माग गर्दै प्रदर्शन गर्ने भएको छ । केहि दिन अघिमात्रै नयाँ कार्यसमिति निर्वाचित गरेको समाजले आगामी कार्यक्रमहरु सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय शान्ति दिवसका दिन असोज ५ गते भरतपुर स्थित चौबिसकोठीमा शान्तिपूर्ण प्रर्दशन गर्ने भएको हो।
समाजका नवनिर्वाचित सभापति शम्भु राउतले दिएको जानकारी अनुसार समाजले उक्त दिन रुस–युक्रेन बिचको युद्ध रोक्न माग्दै र विश्व शान्तीको कामना गर्दै प्रदर्शन गर्न लागिएको हो।
समाजले रुसले युक्रेन माथी गरेको आक्रमणको सुरुवात देखि नै विरोध गर्दै पटक–पटक प्रदर्शन गर्दै आईरहेको छ। यस्तै समाजले युद्ध निषेध गरी शान्ति स्थापना, विशेष हिमाल बचाउ नदि जोगाउ, लागुपदार्थ दुर्ब्यसन विरुद्ध कलेज स्कुलहरुमा जनचेतना पैmलाउने जस्ता अभियानहरु चलाईरहेको छ भने गत कार्तिक २६ र २७ गते दुई दिन देशभरबाट चितवनमा मानवअधिकारकर्मीहरुको भेला गरि अभिमुखिकरण कार्यक्रम समेत गरेको थियो।
यस्तै समाजले संविधान दिवसका दिन चौविसकोठीमा दिप प्रज्वलन गरी मनाउने तयारी गरिरहेको पनि समाजका सभापति राउतले बताए।