चितवन । मानव अधिकार तथा शान्ति समाज चितवनले रुस–युक्रेनको युद्ध रोक्न माग गर्दै भरतपुरको चौबीस कोठिमा प्रदर्सन गरेको छ । ४१ औं विश्व शान्ति दिवसका दिन करिब ६ महिनादेखि चलिरहेको रुस–युक्रेनको युद्ध रोक्न माग गर्दै समाजले आज भरतपुर स्थित चौबिसकोठीमा आधा घण्टा शान्तिपूर्ण प्रर्दशन गरेको हो।
युद्धको कारण विश्वभरी आर्थिक मन्दी, घर घरमा चाहिने ग्यास तथा पेट्रोलियम पदार्थको मूल्य वृद्धि लगायतका सयौं समस्याहरूले तनावग्रस्त बनाएको छ । बिश्व शान्तिले नै समाज आफ्नो रफ्तारमा चल्न सक्छ भन्ने हेतुले मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय नीति अनुसार नै यो कार्यक्रम गरिएको समाजका सभापति शम्भु राउतले बताए।

युद्धले प्रत्यक्ष रुपमा युद्दरत पक्षलाई र परोक्ष रुपमा सम्पूर्ण मानव जगतको मानव अधिकार हनन हुँदै जाने हुँदा युद्धको अन्त्यको आह्वान गर्दै मानव अधिकार तथा शान्ति समाज चितवनले प्रदर्शन गरेकोउनले बताए।
कार्यक्रममा नेपाली काग्रेस चितवनका सभापति राजेस्वर खनाल, उपसभापति सालिकराम शर्मा, सहसचिव गोपाल दराइ, मानव अधिकार सरोकारका विश्व ओझा, मानव अधिकार तथा शान्ति समाजका पूर्व उपसभापति उद्धब लोहनी पुर्ब केन्द्रिय सचीव राजेन्द्र पौडेल, पुर्बशाखा सभापति दिल बहादुर बोगटी, अनन्त ढुंगाना, केन्द्रिय सचीव बाबु हरि आचार्य लगायत २५ जना अधिकारकार्मिहरुको उपस्थिति थियो।