Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

नेत्रहिन संघ गोरखाका अध्यक्ष पवनकुमार बस्नेत माथि महिलालाई यौन दुर्व्यवहार गरेको आरोप, प्रहरीले उजुरी लिन मानेन

नेत्रहिन संघ गोरखाका अध्यक्ष पवनकुमार बस्नेत माथि महिलालाई यौन दुर्व्यवहार गरेको आरोप, प्रहरीले उजुरी लिन मानेन

इच्छाकामना न्युज

६, आश्विन २०७९
नेत्रहिन संघ गोरखाका अध्यक्ष पवनकुमार बस्नेत माथि महिलालाई यौन दुर्व्यवहार गरेको आरोप, प्रहरीले उजुरी लिन मानेन
images

गोरखा । गोरखा नगरपालिका ५ स्वाँराका पवनकुमार बस्नेतमाथि एक एकल दलित महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । नेत्रहिन संघका जिल्ला अध्यक्षसमेत रहेका बस्नेतले निर्माण मजदुरी गर्ने एक श्रमिक महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको आरोप लागेको हो ।

images
images

गत असार आठ गते बिरामी भएर सुनिरहेको अबस्थामा बस्नेतले गोप्य कोठामा बोलाएर जबर्जस्ती करणीको प्रयास गरेको महिलाको आरोप छ । ‘म बिरामी भएर कोठामै थिएँ । छोरी पनि साथमै थिई । उसले सिमेण्ट बोक्नुछ भनेर बन्दै गरेको घरको कोठाभित्र बोलायो’, पिडित महिलाले भनिन्, ‘म कोठाभित्र छिर्नेबित्तिकै उसले कोठाको ढोकामा छेस्किनी लगायो । त्यसपछि समातेर यौन सम्पर्क गर्न धेरै जोरबल ग¥यो । एकैछिन त हो, म सबैकुरा पु¥इदिन्छु भनेर विभिन्न प्रलोभन समेत देखायो । मैले स्वीकार गरिन । अनि लछारपछार गरे । म चिच्याएँ । छोरी आएर ममी–ममी भन्दै ढोका ढकढक गरेपछि उसैले ढोका खोलेको हो ।’ घटनापछि करबल गरेर टोल समितिले मुद्दामामिला नगर्न कागज गरी आफूलाई सहीछाप गराएको उनको भनाइ छ ।

सो कागज गरेपछि पनि गत असारको २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन गएको उनी बताउँछिन् । ‘आजसम्म तीनफेर प्रहरी कार्यालयमा गएँ । बाहिरै मेलमिलाप गर्नू भनेर प्रहरीले उजुरी नै दर्ता नगरी फर्काइदिने गरेको छ’, उनी गुनासो गर्छिन्, ‘नगरपालिकाको न्यायिक समितिमा गयो भने प्रहरी कार्यालय पठाउँछ । प्रहरीमा गयो भने तपाईहरु मिल्न मात्रै भन्छ । कानुनी प्रक्रियामा जानै दिँदैन ।’ बस्नेतका आफन्तहरुले कानुनी प्रक्रिया नजान र मेलमिलाप गर्न डर, धाकधम्की, प्रलोभन सबै देखाइरहेको उनको भनाइ छ ।

‘म त यसै पिडित भएँ भएँ । म पैसाको लोभमा परेर मिलापत्र गरिदिएँ भने अरु महिलाहरु पनि पिडित हुनेछन’, उनी भन्छिन्, ‘मैले जति दुख पाउनु परेपनि अरु महिलाहरु पिडित हुनु नपरोस् भनेर कानुनी कारबाहीको माग गरिरहेको छु, तर मलाई कसैले साथ दिएका छैनन् ।’ गाउँलेले पनि साथ नदिएको, प्रहरीले पनि साथ नदिएको उनको गुनासो छ ।

पिडितको ठाडो निवेदन दर्ता गरेको प्रहरीको भनाइ छ । ‘बिरामी भएको अबस्थामा ज्यान मार्ने धम्की दिई काममा लगाएको र हातपात गरेको भन्ने ब्यहोराको ठाडो निवेदन दर्ता भएको छ’, जिल्ला प्रहरी कार्यालयका डिएसपी लीलाराज लामिछानेले भने, ‘यसअघि पनि टोलसुधार समितिमा छलफल गराइसकेको रहेछ ।

हामीले पनि दुई पक्ष बीच छलफल गराएर न्यायिक समितिमा पठाएका हौँ ।’ पिडित महिलाले भने सबैतिरबाट पन्छाउने काम मात्र गरेको न्याय नदिएको गुनासो गरेकी छिन् ।

images
प्रकाशित मिति :आश्विन ६, २०७९ बिहिवार - २०:२३:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology