Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

गिट्टी कुट्ने श्रमिकलाई त्रिवेणी गाउँपालिकाले सुरक्षित कार्यस्थलको व्यवस्था गर्ने 

गिट्टी कुट्ने श्रमिकलाई त्रिवेणी गाउँपालिकाले सुरक्षित कार्यस्थलको व्यवस्था गर्ने 

इच्छाकामना न्युज

७, आश्विन २०७९
गिट्टी कुट्ने श्रमिकलाई त्रिवेणी गाउँपालिकाले सुरक्षित कार्यस्थलको व्यवस्था गर्ने 

रुकुम योगी, कालिकोट । गिट्टी कुटेरै जीविकोपार्जन गर्दै आएका कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाका श्रमिकले सुरक्षित कार्यस्थलको व्यवस्था गरिदिन अनुरोध गरेका छन् । गाउँपालिका कार्यालय नजिकैको सडक छेउमा गिट्टी कुट्दै आएका उनीहरूले घामपानीबाट जोगिनेसम्मको व्यवस्था गरिदिन पालिकालाई अनुरोध गरेका हुन् ।

images

श्रमिकहरू चर्को घाम वा दर्के पानी हरेक समयमा निरन्तर गिट्टी कुट्छन् । एक दिनमा १० देखि १५ कट्टा गिट्टी कुटेर १ हजारदेखि १५ सयसम्म कमाउने गरेका उनीहरूसँग मास्क, हातमा लगाउने पन्जा समेत छैन ।

गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले उनीहरूलाई गिट्टी कुट्नका लागि सुरक्षित स्थानको व्यवस्था गर्ने, मास्क, पन्जासहित आँखाको सुरक्षाका लागि चस्मा समेत उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुयो ।

श्रमिकले काम गर्ने कार्यस्थल हरेक हिसाबले सुरक्षित हुनु आवश्यक भए पनि गिट्टी कुटेर जीवन चलाइरहेका श्रमिकको लागि भने कार्यस्थल सुरक्षित छैन ।

images
प्रकाशित मिति :आश्विन ७, २०७९ शुक्रवार - ०९:०८:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology