Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

पूर्वी पहाडका जिल्लाबाट सुविधा खोज्दै बसाइँ सर्ने क्रम बढ्यो 

पूर्वी पहाडका जिल्लाबाट सुविधा खोज्दै बसाइँ सर्ने क्रम बढ्यो 

इच्छाकामना न्युज

८, आश्विन २०७९
पूर्वी पहाडका जिल्लाबाट सुविधा खोज्दै बसाइँ सर्ने क्रम बढ्यो 
images

बिदुर खवास, धनकुटा । गुणस्तरिय शिक्षा, स्वास्थ्य, रोजगारी, लगानी, उद्योग व्यवसाय, सुरक्षा, सामाजिक सम्बन्ध र समानता खोज्दै तराई झर्ने क्रम तीव्र बन्दै जाँदा हिमाली र पहाडी बस्ती शून्य बन्दै गएका छन् । जनसङ्ख्याको असमान वितरणले हिमाल र पहाड खाली हुने तथा तराईमा अव्यवस्थित बसोबासको क्रम बढेको छ । जसका कारण हिमाली र पहाडी जिल्लाको जनसङ्ख्या वृद्धिदर ऋणात्मक छ भने उब्जनीको भण्डार तराई कङ्क्रिटमा परिणत हुँदैछ ।

images
images

धनकुटाको साविक तेलिया र कुरुलेतेनुपा गाविसबाट सबैभन्दा बढि बसाइँसराइ भएको छ । यहाँबाट बसाइँ सरेकाहरू सबै झापा, मोरङ्ग र सुनसरीमा बस्ने गरेका छन् । एक नम्बर प्रदेशका हिमाली र पहाडी जिल्लाका अधिकांश नागरिक तराईका जिल्लामा बसाइँ सर्ने गरेका छन् । दश वर्षको जिल्लागत जनसङ्ख्याको वितरण र वृद्धिदर हेर्दा भित्रि मधेसको उदयपुर र पहाडको इलाम बाहेक एकनम्बर प्रदेशका सबै हिमाली र पहाडी जिल्लाको जनसङ्ख्या वृद्धिदर ऋणात्मक छ ।

सङ्घीयता कार्यान्वयनमा आएसँगै सेवा र सुविधा खोज्दै गाउँबाट सहर, पहाडबाट तराई झर्ने क्रम रोकिने अपेक्षा गरिएको थियो । तर, गाउँमा रोजगारी, शिक्षा, स्वास्थ्य र अन्य आधारभूत सेवा समेत नपाइने भएपछि बसाइँसराई घट्नुभन्दा बढिरहेको छ । छोराछोरी रोजगारी र उच्च शिक्षाको खोजी गर्दै सकेसम्म विदेश नभए सहर जाने तथा बुबाआमा पनि छोराछोरीकै साथ लागेर हिँड्ने क्रम बढ्दा पहाडका खेतियोग्य भू–भाग जङ्गलमा परिणत हुँदै गएका छन् ।

तराईको उर्वर जमिन घर घडेरीमा परिणत भएको छ । उत्पादन पनि घटिरेहको छ । जसका कारण आयात स्वभाविक रुपले बढिरहेको छ । स्थानीयस्तरमै स्वास्थ्य, शिक्षा, रोजगारी र दैनिक आवश्यकता परिपुर्तीको आधारभूत उपलब्धता भएको खण्डमा बसाइँसराई रोकिने नागरिक बताउँछन् ।

बसाइँसराईले खाद्य सङ्कट, वन र वातावरण विनास, प्राकृतिक स्रोतको अनियन्त्रित दोहन र स्रोतको प्रयोगमा अस्वस्थ्य प्रतिस्पर्धा समेत बढाएको छ ।स्वरोजगार र उत्पादनलाई बढाउने तथा गाउँ तहसम्म अत्यावश्यक विकासका पूर्वाधारहरू पु¥याउन सके मात्रै पनि तीव्र भइरहेको बसाइँसराईको दर घट्ने छ । 

images
प्रकाशित मिति :आश्विन ८, २०७९ शनिवार - ०९:१३:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology