Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

बारबर्दियामा आफ्नै बाबुले गरे छोराको हत्या, बाबु पक्राउ

बारबर्दियामा आफ्नै बाबुले गरे छोराको हत्या, बाबु पक्राउ

इच्छाकामना न्युज

१४, आश्विन २०७९
बारबर्दियामा आफ्नै बाबुले गरे छोराको हत्या, बाबु पक्राउ

बारबर्दिया । आफ्नै छोरा २० वर्षीय विवेक चौधरीको हत्या गरेको अभियोगमा बारबर्दिया नगरपालिका–११ विजयनगर बस्ने ४५ वर्षीय लौरंगलाल थारू पक्राउ परेका छन् ।  लौरंलालले बुधबार फुटेको बियरको बोतलले पेटमा प्रहार गर्दा गम्भीर घाइते भएका विवेकको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

images

घटनापश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले गुलरिया नगरपालिका–११ ईन्द्रपुरमा लुकिछिपी हिँडिरहेको अवस्थामा शुक्रबार बिहान फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :आश्विन १४, २०७९ शुक्रवार - १९:५४:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology