Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

संघ र प्रदेश निर्वाचन मनोनयन आकर्षक बनाउन चितवनमा पाँच दलीय गठबन्धनको समिति निर्माण

संघ र प्रदेश निर्वाचन मनोनयन आकर्षक बनाउन चितवनमा पाँच दलीय गठबन्धनको समिति निर्माण

इच्छाकामना न्युज

१९, आश्विन २०७९
संघ र प्रदेश निर्वाचन मनोनयन आकर्षक बनाउन चितवनमा पाँच दलीय गठबन्धनको समिति निर्माण
images

चितवन । पाँच दलीय गठबन्धन चितवनले आसन्न संघीय र प्रादेशिक निर्वाचनको मनोनयन कार्यक्रमलाई आकर्षक र प्रभावकारी बनाउन समिति गठन गरेको छ ।

images
images

मंगलबार भरतपुरमा बसेको गठबन्धनको बैठकले गठबन्धनमा आवद्ध प्रत्येक दलबाट २–२ जना रहने गरि तयारी समिति गठन गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालको सभापतित्वमा सम्पन्न बैठकले गरेको निर्णयमा भनिएको छ–‘आसन्न मंसिर ४ गते सम्पन्न हुन गइरहेको संघीय एवं प्रदेश सभा निर्वाचन अन्तरगत यही आश्वीन २३ गते उम्मेदवार मनोनयन कार्यक्रम रहेको र सो मनोनयन कार्यक्रमलाई बढी भन्दा बढी आकर्षक र प्रभावकारी बनाई आसन्न निर्वाचनलाई उत्साहप्रद बनाउन पाँच दलीय गठबन्धनमा आवद्ध प्रत्येक दलबाट २–२ जना साथीहरु रहने गरि एक तयारी समिति गठन गर्ने निर्णय गरिन्छ ।’

बैठकले नेपालीहरुको महान् चाड बडा दसैं, दिपावली, छठ, नेपाल संवत, इद–२०७९ को अवसरमा देशभित्र तथा देश बाहिर रहेका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा सु–स्वास्थ्य, दिर्घायु तथा आपसी हार्दिकता र सहिष्णुतामा वृद्धि ल्याओस् भन्नेमा हार्दिक शुभकामना व्यक्त गरेको छ ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष रामचन्द्र अधिकारी, नेकपा (समाजवादी)का कृष्णराज न्यौपाने, राष्ट्रिय जनमोर्चाका विष्णु पौडेल र जसपाका अध्यक्ष प्रेम भुजेलको उपस्थिति रहेको थियो । यस्तै बैठकमा विशेष उपस्थितिको रुपमा बागमती प्रदेशका मन्त्री कृष्ण खनाल, घनश्याम दाहाल, राष्ट्रिय सभा सदस्य नारायण दाहाल, सूर्य सुवेदी, राजीव न्यौपाने, शालिग्राम शर्मा पौडेललगायतको सहभागि थिए ।

images
प्रकाशित मिति :आश्विन १९, २०७९ बुधवार - ११:०३:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology