Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

चितवन स्थित नारायणगढको एक घरबाट नगद २ लाख २२ हजार सहित ९ जुवाडे पक्राउ

चितवन स्थित नारायणगढको एक घरबाट नगद २ लाख २२ हजार सहित ९ जुवाडे पक्राउ

इच्छाकामना न्युज

२२, आश्विन २०७९
चितवन स्थित नारायणगढको एक घरबाट नगद २ लाख २२ हजार सहित ९ जुवाडे पक्राउ
images

चितवन । भरतपुर महानगरपालिका–३ बेलचोकस्थित अनिल गुप्ताको घरबाट नगद २ लाख २२ हजार पाँच रुपैयाँसहित प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको छ ।

images
images

दशैँको भोलिपल्ट असोज २० गते दिउँसो ४ बजेको समयमा उक्त स्थानमा खाल थापी पैसाको हारजित हुने गरी तासको प्रयोग गरी जुवा खेली रहेको अवस्थामा ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

जुवा खेली रहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक दिपक केसी र जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक गोपाल पौडेलको संयुक्त कमाण्डमा खटिएको प्रहरी टोलीले गुप्ताको घरमा छापा हानेको थियो ।

उनीहरुको साथबाट जुवा खेल्न प्रयोग गरेको तास १० बुक, बिछ्याईएको सेतो रंगको तन्ना १ थान र नगद २ लाख २२ हजार ५ रुपैयाँ बरामद समेत गरिएको चितवन प्रहरीका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

पक्राउ गरिएका निजहरुलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ अन्तर्गत जुवा मुद्दामा कारबाहीका लागि थप अनुसन्धान भइरहेको उनले बताए ।

images
प्रकाशित मिति :आश्विन २२, २०७९ शनिवार - ०९:०८:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology