Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

पर्यटकीय मौसम सुरु भएसँगै रसुवा भ्रमणमा जाने पर्यटकको सङ्ख्या बढ्दै 

पर्यटकीय मौसम सुरु भएसँगै रसुवा भ्रमणमा जाने पर्यटकको सङ्ख्या बढ्दै 

इच्छाकामना न्युज

२, कार्तिक २०७९
पर्यटकीय मौसम सुरु भएसँगै रसुवा भ्रमणमा जाने पर्यटकको सङ्ख्या बढ्दै 

नुवाकोट । पर्यटकिय मौसम सुरु भएसँगै रसुवामा भ्रमण गर्ने पर्यटकहरूको सङ्ख्या बढ्दै गएको छ । पर्यटकिय हिमाली रसुवामा हाल दैनिक पाँचसय पर्यटक पुगिरहेका छन् ।काठमाडौँदेखि नजिक रहेको र नेपालको तेस्रो पर्यटकीय गन्तव्यस्थल लाङटाङ तथा प्रसिद्ध धार्मिक क्षेत्र गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेख्य मात्रामा बढेको लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । रसुवामा विशेष गरि असोज–कार्तिक तथा बैशाख–जेठमा आन्तरिक तथा बाह्य पर्यटकहरू भ्रमणका लागि पुग्ने गरेका छन् ।

images

पदमार्ग पनि सुरक्षित भएकाले आन्तरिक तथा बाह्य गरी दैनिक पाँच सय जनाको हाराहारीमा पर्यटकको आवागमन भइरहेको लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।प्रसिद्ध पर्यटकिय लाङटाङ क्षेत्रमा सात वर्ष अगाडिको विनासकारी भूकम्पपछि असामान्य भएको स्थानीयको दैनिकी पनि हाल पुरानै अवस्थामा फर्किएको पर्यटन व्यवसायी भीम पौडेलले बताउनुभयो । २०७२ सालको भूकम्प अघि वार्षिक १७ हजार बाह्य पर्यटकले भ्रमण गर्ने लाङटाङ क्षेत्रमा अहिले बाह्य पर्यटकसहित आन्तरिक पर्यटकको आवागमन बढेको हो ।

लाङटाङ र गोसाइँकुण्ड जाने स्वदेशी पर्यटकहरुसँग प्रवेश शुल्क लिन थालेपछि तथ्याङ्क राख्न थालिएको निकुञ्जले जनाएको छ ।निकुञ्जले स्वदेशी पर्यटकसँग एक सय रुपैयाँ र बिदेशी पर्यटकहरुसँग तीन हजार रुपैयाँका दरले प्रवेश शुल्क लिँदै आएको छ । सो स्थानमा आउने पर्यटकले गणेश तथा लाङटाङ हिमालको मनोरम दृश्य, निकुञ्ज क्षेत्रभित्रका जैविक विविधता, दुर्लभ वन्यजन्तु रेडपान्डा, हिमचितुवा र कस्तूरी मृगलगायत जीवजन्तु रामसारमा सूचीकृत धार्मिक तीर्थस्थल गोसाइँकुण्ड, तामाङ सम्पदामार्ग भित्र रहेको तामाङ कला र संस्कृति अवलोकन गर्ने पाउने छन् ।

images
प्रकाशित मिति :कार्तिक २, २०७९ बुधवार - ०९:२५:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology