आँबुखैरेनी, १६ पौंष । तनहुँ आँबुखैरेनीका भूतपूर्व विद्यार्थी टेक बरामुले रामशाह माध्यमिक विद्यालयलाई आज २ वटा सिलिण्डर ग्यास सहयोग गर्नुभएको छ । विद्यालयमा अध्ययन गर्दै आउनुभएका कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई खाजा खुवाउने कार्यक्रमका लागि सहयोग स्वरुप विद्यालयलाई २ वटा खाना पकाउने सिलिण्डर बितरण गर्नुभएको विद्यालयका प्रधानाध्यापक प्रेमराज लामिछानेले जानकारी दिनुभयो ।
आफु पढेको विद्यालयको सधै मायाँ लाग्ने र सकेको सहयोग गर्न पाउदा निकै खुसी लागेको आँबुखैरेनी विनय चर्चका पाष्टर समेत रहनुभएका बरामुले बताउनुभएको छ ।