Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

देशको मुहार फेर्न राजनीतिमा आएँको हुँ : लोकगायक मिलन लामा

देशको मुहार फेर्न राजनीतिमा आएँको हुँ : लोकगायक मिलन लामा

इच्छाकामना न्युज

२१, कार्तिक २०७९
देशको मुहार फेर्न राजनीतिमा आएँको हुँ : लोकगायक मिलन लामा

चितवन । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा निकै ख्याति कमाएका गायक तथा सर्जक मिलन लामाले चुनावी घरदैलो अभियानलाई तीव्र पारेका छन्। चितवन क्षेत्र नं.१ बाट प्रतिनिधिसभाको लागि स्वतन्त्र उमेदवारी दिएका लामाले देशको मुहार फेर्ने लक्ष्य लिएर मतदाता समक्ष उपस्थित हुँदै आएका छन्।

images

उनी चुनावी अभियानकै लागि घरघर डुलेर मतदातासँग भेटघाट गरिरहेका छन्। रत्ननगर ९ मोहना घर भएका लामा लोक दोहोरी क्षेत्रमा करिब दुई दशकभन्दा लामोसमयदेखि सक्रिय छन् । कलाकारिताकै सिलसिलामा देश विदेश घुमेका लामा आफ्नो सांगितिक क्षेत्रबाट पाएको अनुभवलाई नै राजनीतिमार्फत समाजमा प्रयोग गर्न चाहन्छन्।

त्यसैले सूर्यमुखी फूल चुनाव चिन्ह पाएका गायक लामाले घरदैलो गर्दा पनि गीत गाएरै भोट मागिरहेका छन्। सामाजिक काममा समेत उत्तिकै सक्रिय लामा देश परिवर्तन गर्नको लागि सरकार नै आवश्यक हुने देखेपछि उमेदवार बनेको बताउँछन्।

‘संसदमा पुगेपछि सामान्य भुइँमान्छेका समस्या समाधान गर्न सहज हुन्छ,’ उनी भन्छन्, ‘सरकारभन्दा बाहिर बसेर एक्लैले देशको मुहार फेर्छु भनेर सम्भव हुँदैन।’ गरिब तथा विपन्न वर्गको लागि एक सय घर बनाउने अभियानमा लागेका गायक लामाले हालसम्म २५ वटा घर बनाइसकेका छन्।

images
प्रकाशित मिति :कार्तिक २१, २०७९ सोमवार - ०९:१४:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology