गोरखा । गण्डकी प्रदेश सभाका लागि गोरखाबाट दुई जना समानुपातीक तर्फबाट सांसद चुनिने भएका छन् ।
मत गणना सकिएसँगै नेकपा एमालेको तर्फबाट प्रेम गुरुङ र नेकपा माओवादी केन्द्रबाट सुशीला सिंखडाको समानुपातीको सुचीमा अटाउने भएका हुन् ।
गुरुङ एमालेको जनजाती तर्फबाट र सिम्खडा खस आर्य कोटाबाट सांसाद हुने भएका हुन् ।
गुरुङ नेकपा एमाले गोरखा जिल्ला अध्यक्ष हुन् भने सिम्खडा माओवादी केन्द्रका केन्द्रिय सदस्य हुन् । दरौदी दैनिकबाट