Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

अन्ततः तनहुँ शिक्षाका घुस्याहा सब–इन्जिनियर सुरेन्द्र अधिकारी अख्तियारको फन्दामा, डेढ लाख घुस सहित रंगेहात पक्राउ

अन्ततः तनहुँ शिक्षाका घुस्याहा सब–इन्जिनियर सुरेन्द्र अधिकारी अख्तियारको फन्दामा, डेढ लाख घुस सहित रंगेहात पक्राउ

इच्छाकामना न्युज

२२, पौष २०७७
अन्ततः तनहुँ शिक्षाका घुस्याहा सब–इन्जिनियर सुरेन्द्र अधिकारी अख्तियारको फन्दामा, डेढ लाख घुस सहित रंगेहात पक्राउ

दमौली, २२ पुस । तनहुँमा घुस्याहा इन्जिनियरको रुपमा नाम कमाएका तर अहिलेसम्म पक्राउ पर्न नसकेका सब–इन्जिनियर सुरेन्द्र अधिकारी अन्ततः अख्तियारको फन्दामा परेको छ। उनलाई आज बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय पोखराको टोलीले सेवाग्राहीसँग डेढ लाख रुपैयाँ घुस लिएको आरोपमा रंगेहात पक्राउ गरेको छ। 
राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गतको आयोजना कार्यान्वयन एकाई शिक्षा कार्यरत सब–इन्जिनियर अधिकारीलाई अख्तियारको टोलीले दमौली मालपोत लाईनबाट पक्रेको हो ।
भानु ९५ मैबलको सरस्वती माध्यमिक विद्यालयमा १४ लाख ६९ हजारमा निर्माण गरिएको शौचालयको योजना अनुगमन पश्चात काम सम्पन्नको विवरण दिन उनले घुस मागेको भन्दै विद्यालयका अधिकारीहरुले उजुरी दिए पछि पोखराबाट टोली आएको थियो ।
मालपोत लाईन दमौलीको भिरकोट रेस्टुरेन्टमा नगद दिनासाथ अख्तियारको टोली घटनास्थल पुगेको थियो ।
घुसको सूचना आएकाले छापाः अख्तियार
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रवक्ता मेघनाथ रिजालले अधिकारी पक्राउ घटनाको पुष्टि गरे । ‘काम सकिए पनि रकम मागेर आनाकानी गरेको सूचना आएकाले टोली खटाएका थियौं,’ उनले भने– ‘रकमसहित पक्राउ गरिएको छ । अब थप अनुसन्धान थाल्छौ ।’

images

images
प्रकाशित मिति :पौष २२, २०७७ बुधवार - २०:३४:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology