Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

पूल निर्माण अलपत्र

चुमखोला–बुटार जोड्ने पूल निर्माणको काम ८ वर्षदेखि अलपत्र पारेको पप्पु कन्स्ट्रक्सनले एकतर्फी ठेक्का तोड्यो

चुमखोला–बुटार जोड्ने पूल निर्माणको काम ८ वर्षदेखि अलपत्र पारेको पप्पु कन्स्ट्रक्सनले एकतर्फी ठेक्का तोड्यो

चुमखोला–बुटार जोड्ने पूल निर्माणको काम ८ वर्षदेखि अलपत्र पारेको पप्पु कन्स्ट्रक्सनले एकतर्फी ठेक्का तोड्यो

चुमखोला । गोरखाको गण्डकी गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिका जोड्ने त्रिशुली नदी माथिको पक्की पुल निर्माणको काम अलपत्र पारेर ठेकेदार कम्पनीले ८ बर्षपछि ठेक्का सम्झौता एकतर्फी रद्ध गरेको छ । गण्डकी गाउँपालिकाको मकैसिङ बुटार र इच्छाकामना गाउँपालिका जोड्ने पक्की पुल निर्माणको काम अलपत्र पारेर ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सन प्रा।लिले ठेक्का सम्झौता तोडेको हो ।

images

ठेकेदार कम्पनीले सार्वजनिक सूचना मार्फत गोरखाको एघार किलो छेपेटार–भालुस्वाँरा–वारपाक सडक आयोजनासंग उत्त पुल निर्माणका लागि गरेको ठेक्का सम्झौता तोडेको जनाएको छ । पुल निर्माणको काम अलपत्र पार्ने पप्पु कन्सट्रक्नसलाई आयोजनाले पटक–पटक लिखित र मौखिक जानकारी गराउदा समेत आयोजना निर्माण सम्पन्न गर्ने तर्फ तदारुकता नदेखाएको भन्दै यहीँ मङ्सिर १४ गते सातदिने स्पष्टीकरण सोधेको थियो ।

आयोजनाले सोधेको स्पस्टीकरणमा चित्त बुझ्दो जवाफ नआए ठेक्का सम्झौता रद्ध गर्ने कम्पनीलाई चेतावनी दिएको भएपनि उल्टै कम्पनीले आयोजनासंग एकतर्फी ठेक्का सम्झौता तोडेको हो । पुल निर्माणका लागि सम्झौता भए अनुसार आयोजनाले बेलीब्रिज निर्माण नगरिदिएको ठेकेदार कम्पनीले आरोप लगाएको छ । साथै निर्माण व्यवसायीले पेस गरेको बिल भुक्तानी नगरेको र पटक–पटक पत्रचार गर्दा समेत बेवास्ता गरेको भन्दै ठेक्का सम्झौता रद्द गरेको कम्पनीको दावी गरेको छ ।

कम्पनीले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९(३०) एवम् सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२७ बमोजिम वित्तिय फरफारक गर्न समेत माग गरेको छ । एघार किलो छेपेटार–भालुस्वाँरा–वारपाक सडक आयोजनाले पप्पु पप्पु कन्सट्रक्नसन प्रा.लिसंग २०७१ असार २९ गते पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो ।

सम्झौता भएको ३ बर्ष ६ महिनामा पुल निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि अहिलेसम्म ११ प्रतिसत मात्र भएको आयोजनाले जनाएको छ । ठेकेदार कम्पनीले ८ बर्ष बितिसक्दा पुलको दुवै तर्फको पिल्लर मात्रै हालेर काम छाडेको छ ।

images
प्रकाशित मिति :पौष २, २०७९ शनिवार - २१:५९:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology