Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

तमू प्ये ल्हू संघ चितवनले मनायो ल्होसार 

तमू प्ये ल्हू संघ चितवनले मनायो ल्होसार 

images

इच्छाकामना न्युज

१३, पौष २०७९
तमू प्ये ल्हू संघ चितवनले मनायो ल्होसार 
images

भरतपुर । गुरूङ समुदायको धार्मिक एवम् सांस्कृतिक संस्था तमू प्ये ल्हू संघ चितवनले तमू ल्होसार पर्व मनाएको छ। भरतपुर–११ स्थित नौरंगेमा भव्य कार्यक्रम आयोजना गरेर पर्व मनाएको हो। प्ये ल्हू संघ चितवनले हरेक वर्ष पुस १५ भन्दा अगाडि नै ल्होसार मनाउँदै आएको छ। पुस १५ गते विशेष दिन भए पनि त्यस दिन धेरै ठाउँमा कार्यक्रम हुने भएकोले प्ये ल्हू संघले १५ गतेभन्दा अगाडि नै ल्होसार मनाउँदै आएको संघका अध्यक्ष लालप्रसाद गुरूङले जानकारी दिए। 

कार्यक्रममा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरेको थियो। कलाकारहरू, सूचना गुरूङ र तिलक गुरूङमार्फत गुरूङ भाषामा सांगितिक प्रस्तुति दिएका थिए। साथै स्थानीय कलाकारहरूले प्रत्यक्ष संगीतमा दोहोरी गाएर कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएका थिए। संस्थाको हरेक कृयाकलापमा योगदान दिने व्यक्तिलाई सम्मानसमेत गरिएको थियो। 

प्ये ल्हू संघको जिल्ला समितिले ल्होसार बुधबार नै ल्होसार मनाए पनि इकाइ समितिले १५ गते आफ्नो क्षेत्रमा ल्होसार मनाउने संघका सचिव नारायण गुरूङले जानकारी दिए। चितवनमा प्ये ल्हू संघको इकाइ समितिको संख्या २७ पुगेको छ। 

images
प्रकाशित मिति :पौष १३, २०७९ बुधवार - १९:२७:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology