Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

गोरखा नगरपालिकाले इविडिङ नगर्दा मिलेमतोमा ढुङ्गा, गिटी, बालुवाको ठेक्का

गोरखा नगरपालिकाले इविडिङ नगर्दा मिलेमतोमा ढुङ्गा, गिटी, बालुवाको ठेक्का

पत्रपत्रिका

२५, पौष २०७९
गोरखा नगरपालिकाले इविडिङ नगर्दा मिलेमतोमा ढुङ्गा, गिटी, बालुवाको ठेक्का
images

गोरखा ।  बिगतदेखि इबिडिङ गर्दै आएको गोरखा नगरपालिकाले यसबर्ष सो व्यवस्था हटाएर ढुङ्गा गिटी, बालुवाको ठेक्का आह्वान गर्दा ब्यवशायीले मिलेमतोमा ठेक्का दर्ता गरेका छन् । ईविडिङ नगर्दा ब्यवशायी बिच प्रतिस्पर्धा कम भएको छ ।

images
images

मिलेमतोमा ठेक्का लगाउँदा नदीजन्य सामग्री उत्खननबाट नगरपालिकालाई हुने राजस्वमा समेत घाटा हुन्छ । ‘साँघुरो प्रतिस्पर्धा गराएपछि न्यूनतम अंकलाई आधार मानेर ठेक्का हाल्छन्, यसले गर्दा राजस्व त सिधै घट्ने नै भयो, प्रतिस्पर्धा धेरै गराउँदा बढाबढ व्यवस्थाअनुसार नगरपालिकालाई राजस्व बढ्ने थियो’ नगरपालिकाका एक कर्मचारीले भने ।

अनलाईन विडिङ गर्दा वेभसाईटबाट बोलपत्र खरिद गरी दाखिला गर्न सकिन्छ । यो प्रावधान हटाएर टेण्डर आह्वान भएपछि बोलपत्र दाखिला गर्न चाहने निर्माण कम्पनी वा ब्यवशायीले नगरपालिकामै उपस्थित भएर फर्म खरिद र दाखिला गर्नुपर्छ ।

नगरपालिकाले पुस ६ गते जारी गरेको सुचनामा निर्धारित समयभित्र बोलपत्र-दरभाउपत्र फारम राजश्व शाखाबाट खरिद गरी पेश गर्न भनिएको छ । ब्यक्ति उपस्थित भएर खरिद गर्दा कसले, कुन फर्मको नाममा खरिद ग¥यो भन्ने ब्यवशायीले पहिचान गर्छन् र ठेक्का रोक्न, मिलाउनतर्फ लाग्छन् । बिभिन्न १४ वटा घाटको ठेक्का आह्वान गरेको नगरपालिकाले ९ वटा ठेक्काको म्याद पुस २० गते सकिएको छ । बाँकी पाँचवटा माघ ५ गतेसम्म अवधी छ ।

९ वटा घाटको ठेक्का चारदेखि १५ लाख भित्रका छन् । यो मध्ये पाँचवटामा मात्रै ठेक्का दर्ता भयो । दाखिला भएका पाँचवटा ठेक्कामध्य सबैमा मिलेमतो गरेर तीन-तीनवटा कम्पनीको मात्रै दावी छ । कम्तीमा तीनवटा दाखिला गर्नुपर्ने बाध्यकारी कानूनी व्यवस्था पूरा गर्न ब्यवशायीले फर्म पेश गरेका हुन्

दाखिला भएकामध्ये ठेक्का नम्बर ४ दरौँदी नदीको बेनिखोला घाट हो । ६ वटा कम्पनीले फर्म खरिद गरेकोमध्ये त्यहाँ तीनवटाले मात्रै दर्ता गरे ।

मस्र्याङ्दी नदीको नारी घाटका लागि ७ वटा कम्पनीले बोलपत्र खरिद गरेका थिए । ती मध्ये मिलेमतोमा तीनवटा मात्रै दर्ता भएको छ । सोही नदीको शाहा घाटमा ६ वटा कम्पनीले फर्म खरिद गरेर अन्ततः तीनवटा मात्रै दाखिला भएको छ । मस्र्याङदी नदीको जुम्लाङ्ग घाटमा तीनवटा खरिद भएको थियो र तिनवटा दर्ता भएको छ । रामशाह घाटमा तीनवटा फर्म खरिद भएपनि एउटा पनि दाखिला भएन ।

ठूला पाँचवटा ठेक्काको पनि नगरपालिकाले अनलाईन विडिङको ब्यवस्था गरेन । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञाननाथ ढकालले इविडिङमा तीन प्रतिशत धरौटी रकम भन्दा माथि इन्ट्री गर्न नमिल्ने भएकाले समस्या भएको बताए । ‘यो ठेक्कामा पाँच प्रतिशत धरौटी नलिई इन्ट्री गर्न मिल्दैन, पाँच प्रतिशत राख्ने ठाउँमा तीन प्रतिशत मात्रै छ’ उनले भने ।
अन्यत्रका नगरपालिकाले भने यो वर्षपनि इविडिङ मार्फत नदीजन्य पदार्थको ठेक्का आह्वान गरिरहेका छन् ।

दरौँदी नदीको बेनिखोला घाट ७२ लाख ३१ हजार सात सय ७० रुपैयाँमा बोलपत्र आह्वान गरिएको छ । अडाईगाउँ घाट र राईपाली घाटमा ४५/४५ लाखमा ठेक्का आह्वान भएको छ । गंगटेखोला घाटको डेक्का ३९ लाख, हात्तिशेरा घाटको ६९ लाख न्यूनतम शुल्क राखेर नगरपालिकाले बोलपत्र आह्वान गरेको छ ।

यी घाटमा पनि ब्यवशायीले सिमित फर्म खरिद गरी दाखिला गर्ने तयारी गरेका छन् । नगरपालिकाले इविडिङ नगराउँदा मिलेमतो गर्न ब्यवशायीलाई सहज भएको छ ।

पुस २० सम्म म्याद रहेका ठेक्का दाखिला भएपनि मूल्याङ्कन र निर्णय हुन बाँकी रहेको गोरखा नगरपालिका राजस्व शाखाका किरण कट्टेलले बताए । बाँकी ६ वटा प्याकेजको ठेक्का माघ ५ गते खोलिँदैछ ।

सार्वजनिक खरिद नियमावलीमा २० लाख भन्दा माथि इविडिङको प्रावधान छ । नदीजन्य पदार्थलाई भने आय ठेक्का भन्दै सार्वजनिक खरिद ऐन आकर्षित नहुने दावी गोरखा नगरपालिकाको छ । यो खरिद प्रक्रिया अन्तरगत नपर्ने भएकाले आय ठेक्कामा इविडिङ गर्नैपर्ने भन्ने प्रावधान नभएको गोरखा नगरपालिका इन्जिनियर प्रकाश ढकालले बताए । ‘गतवर्ष इविडिङ गरेको हो, यो वर्ष गरिएन’ उनले भने । ब्यवशायीको मिलेमतोका बारेमा भने कार्यालयलाई थाहा नहुने उनले बताए । दरौदीं दैनिकबाट

images
प्रकाशित मिति :पौष २५, २०७९ सोमवार - ०८:४३:२६ बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology