Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नवलपरासीको बुलिङटारमा जेसिजको स्थापना, अध्यक्षमा सन्दिप श्रेष्ठ चयन

नवलपरासीको बुलिङटारमा जेसिजको स्थापना, अध्यक्षमा सन्दिप श्रेष्ठ चयन

images

इच्छाकामना न्युज

२६, पौष २०७७
नवलपरासीको बुलिङटारमा जेसिजको स्थापना, अध्यक्षमा सन्दिप श्रेष्ठ चयन
images

नवलपरासी, २६ पुस । नवलपरासीको बुलिङटारमा जेसिजको स्थापना गरिएको छ। सन्दीप कुमार श्रेष्ठको अध्यक्षतामा शनिबार बुलिङ्टार जेसिजको स्थापना गरिएको हो। नवलपुर जिल्ला सुस्तापूर्वको पहाडी भेग बुलिङटार गाउंँपालिकामा आयोजित एक बिशेष भेलाबाट सर्वसम्मत रुपमा श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो। शनिबार भएको पहिलो भेलाले श्रेष्ठको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको कार्यकारिणी उपाध्यक्ष पदमा तेजमान श्रेष्ठ,भविलाल राना,कानुनी सल्लाहकारमा ऋषिश्वर बकावल, महासचिव पदमा सुवाष देवकोटा,कोषाध्यक्ष पदमा ऋषिराम गिरी चयन भएका छन । यसैगरी उपाध्यक्ष पदमा विमला वाग्ले पौडेल,लोक प्रसाद रामदाम,प्रदिप कंडेल र अर्जुन पुलामी रहेका छन् भने सचिव पदमा बुद्ध प्रसाद रानाभाट,सहकोषाध्यक्ष त्रेता बस्ताकोटी चयन भएका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउंँपालिका उपाध्यक्ष मैना विकले बुलिङ्गबार जेसिजमा आबद्ध युवाहरुले गाउंँपालिकाका आर्थिक,सामाजिक , सांस्कृतिक क्षेत्रमा महत्वपुर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बुलिङटार जेसिजले सँस्थामा आवद्ध युवाहरुलाई बुलिङटारको विविध क्षेत्रको खोजअनुसन्धान,विकास, समृद्धि सँगै व्यक्तित्व विकासमा अगाडि बढ्न प्रोत्साहित गर्ने बताए । कार्यक्रमा गैंडाकोट जेसिजका अध्यक्ष दया सापकोटा,पूर्व अध्यक्ष बद्री सापकोटा, कृष्णहरि सापकोटा र प्रमेश आचार्य लगायतको उपस्थिति रहेको थियो। भेलामा सहभागीहरुलाई जेसी बद्री सापकोटाले सहजिकरण गर्नु भएको थियो । कार्यक्रम गैंडाकोट जेसिजका पूर्व अध्यक्ष जेसि कृष्णहरि सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो । बुलिङटार जेसिजको मातृसँस्थाको रुपमा गैंडाकोट जेसिज रहनेछ ।

images
प्रकाशित मिति :पौष २६, २०७७ आइतवार - २०:५४:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology