Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

मकवानपुरको मनहरीमा रोकिराखेको ट्रकबाट १५८ किलो गाँजा बरामद

मकवानपुरको मनहरीमा रोकिराखेको ट्रकबाट १५८ किलो गाँजा बरामद

इच्छाकामना न्युज

२, फाल्गुण २०७९
मकवानपुरको मनहरीमा रोकिराखेको ट्रकबाट १५८ किलो गाँजा बरामद
images

हेटौंडा । मकवानपुरको मनहरी ९ ज्यामिरेमा रोकिराखेको ना ६ ख ४५२० नम्बर को डिब्बा ट्रकबाट १ सय ५८ किलो लागूऔषध गाँजा बरामद भएको छ ।

images
images

गएराति सशस्र प्रहरी बल पोष्ट कत्लेखोलाको गस्ती टोलिले रोकिराखेको ट्रक चेकजाँच गर्ने क्रममा ट्रकको क्याबिनबाट १ सय ५८ किलो ९१२ वटा पोकामा० गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्रकको चालक र सहचालकको खोजि गर्नेक्रममा गएरातिनै सोही स्थानको नजिकैबाट जिल्लाको थाहा नगरपालिका ३ गोपालीगाउँ बस्ने १८ वर्षीय विशाल गोपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार ट्रक जिल्लाकै थाहा नगरपालिकाबाट मनहरी आएको थियो । तर गाँजा लिएर कहाँ जान लागेको भन्ने खुलेको छैन् । ट्रकका चालक फरार रहेको र खोजि कार्य भइरहेको डिएसपी कार्कीले बताए । घटनाको आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले छ ।

images
प्रकाशित मिति :फाल्गुण २, २०७९ मंगलवार - २०:४९:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology