चितवन, १९ असोज । चितवनमा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमित १९ जना सबै चितवनका हुन् ।
भरतपुर अस्पतालले आइतबार साँझ सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका ३ पुरूष र ५ महिलामा संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेहरू २० देखि ५८ वर्ष उमेर समुहका छन् ।
त्यस्तै राप्ती–६ का २७ वर्षीय पुरूषमा पनि संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।
खैरहनीका ६ र २ नम्वर वडाका एक महिला र एक पुरूष तथा रत्ननगरका ५ पुरूष र ३ महिलामा पनि संक्रमण पुष्टि भएको छ ।