Logo

मंगलवार, मंसिर २ गते २०८३

images
२०८३, मंसिर २ गते
images

चितवनकी आरती खनाल हप्तादिन देखि जापानमा सम्पर्कविहिन

चितवनकी आरती खनाल हप्तादिन देखि जापानमा सम्पर्कविहिन

images

इच्छाकामना न्युज

१०, चैत्र २०७९
चितवनकी आरती खनाल हप्तादिन देखि जापानमा सम्पर्कविहिन
images

चितवन । चितवनबाट १० महिना अघि जापान गएकी आरती खनाल एक हप्तादेखि सम्पर्कविहीन भएकी छन् । जापानको ओसाकामा बस्दै आएकी आरती साथीलाई ‘जाइरो कार्ड’ बनाउन जान्छु भनेर कोठाबाट निस्केपछि सम्पर्कविहीन भएकी हुन् । १० महिना अगाडि विद्यार्थी भिसामा उनि जापान गएकी थिइन । चितवनको भरतपुर महानगरपालिका १२ स्थायी घर भएकी २२ वर्षीया आरतीको खोजी कार्यमा सहयोग गर्न उनका परिवार एवं जापानमा रहेका विभिन्न संघ संस्थाले अपिल गरेका छन् ।

उनी जापानको ओसाका सिटिको इकोनो कु काट्सुयामा कित्ता १-३-२ मा बस्दै आएको बताइएको छ । उनका बुवा देवराज खनाल र आमा राधिका खनालले आफ्नी छोरीको बारेमा जानकारी हुनासाथ खबर गर्न अनुरोध गरेका छन् । उनीहरूलाई नेपालमा ९८११ २४१९१२ र ९८२५२६६४८९ मा सम्पर्क गर्न सकिने छ ।

images
प्रकाशित मिति :चैत्र १०, २०७९ शुक्रवार - ०८:३९:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology