Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

कानुन मिचेर मनोमानी ढंगले उपभोक्ता समिती गठन गरेको भन्दै उपभोक्ताले घेरे आँबुखैरेनी १ को वडा कार्यालय

कानुन मिचेर मनोमानी ढंगले उपभोक्ता समिती गठन गरेको भन्दै उपभोक्ताले घेरे आँबुखैरेनी १ को वडा कार्यालय

पत्रपत्रिका

१९, आश्विन २०७७
कानुन मिचेर मनोमानी ढंगले उपभोक्ता समिती गठन गरेको भन्दै उपभोक्ताले घेरे आँबुखैरेनी १ को वडा कार्यालय

बरादी, १९ असोज । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. १ को वडाध्यक्ष किसान थापाले कानुन मिचेर मनोमानी ढंगले आफुखुसी मोटरमार्ग उपभोक्ता समिती गठन गरेको भन्दै उपभोक्ताले वडा कार्यालय घेरेका छन्। पृथ्वीराजमार्गको बरादी बाट भगेरी हुँदै हिलेखर्क जोड्ने बरादी-समस्तिपुर-ज्ञानचौर-हिलेखर्क मोटर मार्गमा उपभोक्ता समिती क्रियाशिल वडाध्यक्ष थापाले उपभोक्ताहरुलाइ जानकारी नै नदिइ आफू अनुकुलका मनोज गुरुङलाइ उपभोक्ता समितिको अध्यक्ष तोकेको बिरोधमा करिब २ सय जना उपभोक्ताहरुले आइतबार वडा कार्यालय घेराउ गरेका थिए। उक्त मोटरमार्गमा यस अघि उपभोक्ताहरुको भेलाले तुल बहादुर गुरुङलाई अध्यक्ष निर्वाचित गरेको थियो। सो उपभोक्ता समिती कृयासिल हुदाहुदै वडाध्यक्ष थापाले कसैलाई पनि जानकारी नदिइ कुनै भेला समेत नगरिकन अर्को उपभोक्ता समिती गठन गरेको उपभोक्ता रमेश थापाले बताए। उनले वडाध्यक्षको मनोमानीको विरोधमा २ सय जना भन्दा बढी उपभोक्ताले कार्यालय घेराउ गरेको बताए। दुई पक्ष बिच ठूलो भिड भै बिबाद भै झडप हुन सक्ने भन्दै ईलाका प्रहरी कार्यालय आँबुखैरेनी र डुम्रेबाट प्रहरी समेत खटाइएको थियो। दुई पक्षका उपभोक्ताहरु बिच विवाद बढेपछि गाँउ पालिका अध्यक्ष गिर बहादुर थापा र प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पोखरेल वडा कार्यालयमा उपस्थित भै विवाद समाधानको पहल गरेका थिए। प्रमुख प्रशासकीय अधिकृत पोखरेलले उपभोक्ता समिती गठन गर्दा आम उपभोक्ता भेला बोलाइनुपर्ने र प्रजातान्त्रिक प्रक्रियाद्वारा समिती गठन गर्नुपर्ने प्रावधान रहेको बताए। लोकवाणी दैनिक बाट

images

images
प्रकाशित मिति :आश्विन १९, २०७७ सोमवार - १३:३९:१३ बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology