Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

कोरोनाका कारण चितवनमा ६४ वर्षीय एक पुरुषको मृत्यु

कोरोनाका कारण चितवनमा ६४ वर्षीय एक पुरुषको मृत्यु

इच्छाकामना न्युज

३, बैशाख २०८०
कोरोनाका कारण चितवनमा ६४ वर्षीय एक पुरुषको मृत्यु
images

भरतपुर । कोरोनाका कारण चितवनमा एक पुरुषको मृत्यु भएको छ । भरतपुर १० का ६४ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारको क्रममा वैशाख २ गते मृत्यु भएको हो । उनी निमोनिया भई उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

images
images

हाल १० जना होम आइसोलेसनमा रहेका छन् । पाँच महिनापछि चितवनमा पुनः कोरोना सङ्क्रमित भेटिएका छन् । गत वर्ष गत कात्तिक १८ गते अन्तिम पटक जिल्ला स्वास्थ्य कार्यालयले चितवनमा ३ जनामा कोरोना सङ्क्रमण भएको तथ्याङ्क सार्वजनिक गरेको थियो । चितवनमा कोरोनाका कारण मृत्यु संख्या ४५१ पुगेको छ ।

गत चैत १८ गते २ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख ३, २०८० आइतवार - ०९:२५:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology