Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

आँबुखैरेनी–डुम्रे सडकखण्ड अन्तर्गत बन्दीपुरको याम्पामा घरमा ट्रक ठोक्कियो ३ जनाको मृत्यु, ५ जना घाइते

आँबुखैरेनी–डुम्रे सडकखण्ड अन्तर्गत बन्दीपुरको याम्पामा घरमा ट्रक ठोक्कियो ३ जनाको मृत्यु, ५ जना घाइते

इच्छाकामना न्युज

२०, बैशाख २०८०
आँबुखैरेनी–डुम्रे सडकखण्ड अन्तर्गत बन्दीपुरको याम्पामा घरमा ट्रक ठोक्कियो ३ जनाको मृत्यु, ५ जना घाइते
images

डुम्रे । तनहुँ स्थित आँबुखैरेनी–डुम्रे सडकखण्ड अन्तर्गत पर्ने आँधिखोला याम्पामा राजमार्ग नजिकै रहेको २ वटा घरमा ट्रक ठोक्किदा ३ जनाको मृत्यु हुनुका साथै ५ जना घाईते भएका छन् । आज बुधबार बिहान करिब ९ बजे २० बजेको समयमा बन्दीपुर गाउँपालिका वडा नं ५ आँधीखोला याम्पास्थित पृथ्वी राजमार्ग सडक खण्डमा डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नं. को ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किएको थियो । 

images
images

344760692_972200323820770_6838597757754843907_n.jpg

दुर्घटनामा ८ जना घाइते भएको र सबैलाई उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर पठाएकोमा ३ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । 

344371709_253381690556676_5542672837829316035_n.jpg

मृत्यु हुनेमा तनहुँ बन्दीपुर गाउँपालिका वडा नं. १ बस्ने वर्ष १२ को आयुस भुजेल,  वर्ष ५० को चेतबहादुर घर्ती र अन्दाजी ६९ वर्षका सनबहादुर भुजेल रहेको खाँणले बताए । ५ जना घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाईते हुनेहरुमा सोही स्थानका वर्ष ६ की आयुसा भुजेल, वर्ष १० की जस्मिन भुजेल, वर्ष १० को ईश्वर भुजेल, वर्ष ८ को समिर भुजेल र वर्ष ५ को सन्तोष भुजेल रहेका छन् । 

344585019_948228983036462_7628402973182424406_n.jpg

images
प्रकाशित मिति :बैशाख २०, २०८० बुधवार - १९:३८:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology