Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

सर्पले डसेको बिरामीलाई अस्पताल लैजान नपर्ने भन्दै प्रार्थना गर्न लगाउने ‘सच्चाइ धर्मगुरु’ महिला पक्राउ

सर्पले डसेको बिरामीलाई अस्पताल लैजान नपर्ने भन्दै प्रार्थना गर्न लगाउने ‘सच्चाइ धर्मगुरु’ महिला पक्राउ

सर्पले डसेको बिरामीलाई अस्पताल लैजान नपर्ने भन्दै प्रार्थना गर्न लगाउने ‘सच्चाइ धर्मगुरु’ महिला पक्राउ
images

दाङ । बर्दियाको बासगढी – ३ महादेवाकी १६ वर्षीया ओमकुमारी डाँगीलाई गएराति १ बजेतिर करेत सर्पले हातमा डसेको थियो। डाँगीलाई सर्पले डसेपछि घर परिवारले उनलाई बासगढी नगरपालिका – २ बेतहनीकी ६० वर्षीया यमुना भनिने योगेन्द्रकुमारी घर्तीको घर लगेका थिए ।

images
images

उनीहरुले सच्चाइ ‘धर्म गुरू’ घर्तीलाई छोरीलाई सर्पले डसेकोबारे बताएपनि घर्तीले सर्पले डसेको कुरा सामान्य भन्दै अस्पताल लैजान नपर्ने र प्रार्थना गरे ठिक हुने दाबीसहित त्यसै गर्न लगाएकी जिल्ला प्रहरी प्रवक्ता डिएसपी हिक्मतबहादुर बोहोराले जानकारी दिए ।

तर, प्रहरीका अनुसार सर्पले डसेकी घाइतेलाई प्रार्थना गर्न लगाएको कुरा आसपासका छिमेकीले थाहा पाएपछि तत्कालै अस्पताल लैजान सल्लाह दिएका थिए। त्यसपछि मात्रै परिवारले डाँगीलाई भेरी अस्पताल नेपालगंज बाँके पुर्‍याएका थिए।

घरपरिवारले डाँगीलाई अस्पताल लगेपनि आज बिहान पौने ९ बजे अस्पताल पुर्‍याउना साथ चिकित्सकले उनलाई मृत घोषणा गरेको र डाँगीको मृत्युपछि ‘धर्म गुरू’ घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

सर्पले डसेकी बिरामीलाई सामान्य घटना भन्दै अस्पताल लैजान नदिई प्रार्थना गर्न लगाउने घर्तीलाई थुनामा राखेर घटना अनुसन्धान गर्न जिल्ला अदालबाट म्याद थप भइसकेको डिएसपी बोहोराले जानकारी दिए।

images
प्रकाशित मिति :जेठ ४, २०८० बिहिवार - १३:५९:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology