Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

म्याग्दे गाँउपालिकाद्वारा दोश्रो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

म्याग्दे गाँउपालिकाद्वारा दोश्रो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

इच्छाकामना न्युज

१२, जेठ २०८०
म्याग्दे गाँउपालिकाद्वारा दोश्रो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
images

तनहुँ । म्याग्दे गाँउपालिकाले आ.व. ०७९।०८० को दोश्रो चौमासिकमा सम्पादित वार्षिक कार्यक्रम  र विकास आयोजना, सुशासन तथा सेवा प्रवाह सम्वन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ०७९ मंसिर देखि फागुनसम्मको पालिका बाट भएको गतिविधी सम्वन्धि आम नागरिकलाई जानकारी गराएको हो । 

images
images

सार्वजनिक सुनुवाई कार्यक्रममा वडा नं १,२ र ३ नं वडाका वडासचिव र पालिकाका विषयगत शाखा प्रमुखहरुले दोश्रो चौमासिकमा भएको काम कारवाहीको जानकारी गराएको थियो । पालिकाद्वारा जानकारी गराईएको काम कारवाहीमा आम नागरिकले जिज्ञासा, प्रश्न र गुनासो राखेका थिए भने सम्वन्धित प्रश्नको जवाफ सम्वन्धित पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र वडाध्यक्षले जवाफ दिएका थिए ।

348356703_264028836121482_5050286914986438984_n.jpg

स्थानीय तहहरु सन्चालन गर्न बनेका ऐन नियमहरुले खास गरि नगरपालिका र गाउँपालिकाहरुले एक आर्थिक वर्षमा सम्पादन गरेका कामहरुको बारेमा नागरिकलाई जानकारी दिन तथा नागरिकको राय, सुझाव प्राप्त गर्न, स्थानीय स्वायत्त शासन ऐन, २०५५, स्थानीय स्वायत्त शासन नियमावली २०५६, तथा स्थानीय निकाय आर्थिक प्रशासन नियमावली २०६४ ले स्थानीय निकायको सन्चालन प्रक्रिया तथा अपनाउनु पर्ने शुसासनको प्रत्याभुतीको लागि सार्वजानिक सुनुवाई गरिएको पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वताए ।

ऐन तथा नियमावलीहरुले गरेको व्यवस्थालाई सरल तथा प्रभावकारी ढङ्गले सन्चालन गर्न सहज होस् भनेर नेपाल सरकारले सार्वजानिक सुनुवाई कार्यविधि, २०६७ कार्यान्वयनमा ल्याएको र यस निर्देशिका बमोजिम कुनै पनि स्थानीय तहहरुले वर्षको तिन पटक सार्वजानिक सुनुवाई गर्नु पर्ने तथा सो कार्य कुनै परामर्शदाता वा विज्ञको सहजिकरणमा गर्नु पर्ने कार्यक्रम अनुसार सार्वजनिक सुनुवाई गरिएको पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले वताए । आम जनताको गुनासो सुन्ने, समाधानका विषयमा छलफल हुने हुदाँ यसको महत्व विशिष्ट रहेको घिमिरेले वताए । 

पालिकाका प्रमुख प्रशासकिय अधिकृत जितवहादुर रानाले कार्यक्रमको वारेमा प्रकाश पारेका थिए भने वि वि मिडिया प्रा.लिले कार्यक्रमको सहजीकरण गरेको थियो ।

images
प्रकाशित मिति :जेठ १२, २०८० शुक्रवार - ०९:५७:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology