Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

तनहुँको म्याग्देमा घाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

तनहुँको म्याग्देमा घाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

इच्छाकामना न्युज

१४, जेठ २०८०
तनहुँको म्याग्देमा घाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
images

तनहुँ । घाँस काट्ने क्रममा अचानक करेन्ट लाग्दा तनहुँमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका ६ अकलाका २१ वर्षीय बिमल थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । 

images
images

आज दिउँसो करिब ४ बजेतिर घर नजिकै भब्बियोको रूखमा चढी घाँस काट्ने क्रममा अचानक करेन्ट लागेर रुखबाट भुईमा लडिरहेको अवस्थामा मृतक थापालाई फेला पारी तत्काल उपचारको लागी जि. पि. कोईराला श्वास प्रश्वास केन्द्र बेलचौतारामा पठाएकोमा उपचारको क्रममा निजको मृत्यु भएको प्रहरीले बताएको छ । 

घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :जेठ १४, २०८० आइतवार - १९:५९:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology