Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

तनहुँको म्याग्दे गाँउपालिकामा लम्पि स्किन रोग विरुद्ध पुर्ण खोप

तनहुँको म्याग्दे गाँउपालिकामा लम्पि स्किन रोग विरुद्ध पुर्ण खोप

इच्छाकामना न्युज

३०, जेठ २०८०
तनहुँको म्याग्दे गाँउपालिकामा लम्पि स्किन रोग विरुद्ध पुर्ण खोप

तनहुँ । म्याग्दे गाँउपालिकामा गाई भैसीमा देखा परेको लम्पि स्क्रिन रोग विरुद्ध पशुमा पुर्ण खोप कार्यक्रम शुरु गरेको छ । लम्कि खोपको विरुद्धमा गाई भैसीलाई पुर्ण खोप लगाउन भेटरीनरी प्राविधिकहरुलाई नै हरेक वडामा खटाईएको पशु चिकित्सक डा.विनय शाहले वताए । 

images

लम्पि स्क्रिन एक प्रकारको भाईरस (पक्स समुहको काप्रीपक्स भाईरस) वाट गाईभैसीमा लाग्ने रोग हो । जुन भैसीमा भन्दा गाईहरुमा वढि हुने गर्दछ । शुरुमा अफ्रिकामा देखिएको यो रोग २०१२ पछि मध्य पुर्व, दक्षिण पुर्वी युरोप, रसिया, काजकिस्तान हुदै वंगलादेश र भारत हुदै नेपालमा पनि देखा परेको हो । 

351449960_1306046766983894_1511393319379509950_n.jpg

गाईभैसीले कचेरा निकाल्ने, सिगान वग्ने तथा फिज आउने, घाँटी, पछाडीको खुटटा, पेट र थुन वरिपरी गिर्खाहरु देखिने, उच्च ज्वरो १०४ भन्दा माथी आउने, दुध उत्पादन घट्ने, गर्भ तुहिने तथा वाँझोपन देखिने लक्षणहरु देखिने पशु चिकित्सक डा. विनय शाहले वताए । 

प्रत्येक वडामा खोपकर्ता खटाईएकोमा अस्मिता विक म्याग्दे १ मा, पुर्ण कुमार श्रेष्ठ म्याग्दे ३ मा, राजकुमार श्रेष्ठ वडा नं २ मा , अनिता शाही म्याग्दे ३ मा, सुजन श्रेष्ठ म्याग्दे ४ मा, विनोद थापा मगर वडा नं ६ मा, शन्तुकला थापा र  केशरी थापा वडा नं ३ मा विवेक थापा मगर वडा नं ५ मा खटाईएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत जित वहादुर रानाले वताए । पशुमा पुर्ण खोप लगाएपछि लम्पि स्क्रिन रोग नियन्त्रण गर्न सकिने पालिकाले जनाएको छ । 

images
प्रकाशित मिति :जेठ ३०, २०८० मंगलवार - ०८:४१:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology