Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

तनहुँको म्याग्देमा सुरक्षित आप्रवासन कार्यक्रम सम्पन्न

तनहुँको म्याग्देमा सुरक्षित आप्रवासन कार्यक्रम सम्पन्न

इच्छाकामना न्युज

३१, जेठ २०८०
तनहुँको म्याग्देमा सुरक्षित आप्रवासन कार्यक्रम सम्पन्न
images

तनहुँ । सुरक्षित वैदेशिक रोजगारका लागी आप्रवासी स्रोत केन्द्र तनहुँको आयोजनामा सुरक्षित आप्रवासन कार्यक्रम म्याग्दे गाँउपालिकामा सम्पन्न भएको छ । पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमममा वैदेशिक रोजगारीको कारण सृजित सामाजिक तथा पारिवारिक घटनाको वारेमा जानकारी गराईएको थियो । 

images
images

सुरक्षित आप्रवासन कार्यक्रममा महिला तथा पुरुष कामदारले विदेशमा गर्न सकिने काम र त्यस कामको वारेमा चर्चा गरिएको थियो । महिला कामदारले गार्मेन्ट मेसिन अपरेटर, विद्युतिय सिलाई मेसिन वाट रेडिमेड कपडा तयार गर्ने, हाउस किपिङ्ग, क्लिनर, पुरुष कामदारका लागी शटरिङ्ग, कार्पेन्टर, स्काफोल्डर, पलम्वर, ईलेक्ट्रिसियन, पाइप फिटिङ्ग, वोल्डिङ्ग लगायतका कामका वारेमा जानकारी गराईएको थियो । 

कार्यक्रमका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सुरक्षित आप्रवासन कार्यक्रम देशको वाध्यता भएको वताउनुभयो । देशमा नै रोजगारीको अवसर सृजना हुन नसकेर विदेशिनु देशको सवैभन्दा ठुलो समस्या भएको वताउ । रोजगारमा जानुपुर्व सम्वन्धित कामको वारेमा जानकारी राख्ने, दक्षता हासिल गर्नुपर्ने हुदाँ काम सिकेर मात्र वैदेशिक रोजगारीमा जानुपर्ने वताए ।

कार्यक्रममा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले वैदेशिक रोजगारीको समस्याका वारेमा सुरक्षित आप्रवासन कार्यक्रमले धेरै ठुलो भुमिका खेलेको वताए । समस्या आउनुपुर्व नै सम्वन्धित विषयका जानकारी र समस्या पछिका समाधानका उपायमा गरिने यस्ता कार्यक्रमले सेवाग्राहीलाई सहज हुने उपाध्यक्ष घिमिरेले वताए । टोल विकास संस्थाका प्रतिनिधीहरु, स्थानिय क्लवका अध्यक्ष, वैदेशिक रोजगारीवाट फर्केकाहरुले आफनो अनुभव राखेका थिए । कार्यक्रमको संचालन पालिकाका सुचना अधिकृत आकाश गुरुङ्गले गरेका थिए । 

images
प्रकाशित मिति :जेठ ३१, २०८० बुधवार - २०:४४:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology