Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

म्याग्देको ओटाङदी खानेपानी योजना सम्पन्न, वडाअध्यक्ष श्रेष्ठद्धारा उद्घाटन

म्याग्देको ओटाङदी खानेपानी योजना सम्पन्न, वडाअध्यक्ष श्रेष्ठद्धारा उद्घाटन

इच्छाकामना न्युज

१०, श्रावण २०८०
म्याग्देको ओटाङदी खानेपानी योजना सम्पन्न, वडाअध्यक्ष श्रेष्ठद्धारा उद्घाटन

म्याग्दे गाँउपालिका वडा नं ४ मा रहेको ओटाङदी खानेपानी उपभोक्ता तथा सरसफाई योजनाको निर्माण सम्पन्न भएको छ । वडा नं ४ को वडाध्यक्ष दीपक कुमार श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रमको एक समारोहका वीच अध्यक्ष श्रेष्ठले उद्घाटन गरे ।

images

गएको भुकम्पले खानेपानीको टंकीमा क्षति पुरयाएपछि खानेपानीको अभाव झेल्दै आएका ओटाङदीवासी एक घर एक धाराको अवधारणा अन्तरगत घर घरमा नै खानेपानी पुगेपछि खुशी भएको स्थानिय मिना थापाले वताईन । 

363384419_7077646228931061_5902237179732345089_n.jpg

उपभोक्ता समितीको अध्यक्ष नुरवहादुर थापाले खानेपानीको योजनाले ३० घर रहेको सिङ्गो टोलवासीलाई नै राहत मिलेको वताए । जनताको समस्या समाधानमा वडा र रिकभर परियोजनाले गरेको सहयोगप्रति समिती कृतज्ञ भएको समिती अध्यक्ष थापाले वताए । 
वडा कार्यलय, रिकभर परियोजना र स्थानिय जनसहभागिता गरि कुल १४ लाख ९० हजार लगानीमा निर्मित ओटाङदी खानेपानी योजनाको कुल क्षमता २० हजार लिटर रहेको वडाध्यक्ष दीपक कुमार श्रेष्ठले वताए । 

जनताको न्युनतम आधारभुत आवश्यकतामा वडा सरकार गम्भिर भएको हुदाँ वडावासी नै मिलेर वडा विकासमा लाग्नुपर्ने वडाध्यक्ष श्रेष्ठले वताए । वडामा सिमित वजेट र साधन हुने हुदाँ समुदाय नै मिलेर अगाडी वढ्नुपर्ने श्रेष्ठले वताए । आम जनताको आवश्यकता र चासोमा सदैव क्रियाशिल रहेको छु, जनअपेक्षाको चाहना नै मेरो आधार हो । 

362887484_3400892836800519_1014746479503799137_n.jpg

सो कार्यक्रममा पालिकाका कार्यपालिका सदस्य वद्रिका घिमिरेले जनताले चाहेमा हरेक योजना समयमा नै सम्पन्न हुने वताए । निर्माणको ४० दिनमा नै योजना सम्पन्न भएर उपभोक्ताले खानेपानी खान पाउनुले सचेत उपभोक्ता नै विकास निर्माणको पहरेदार भएको वताए । वडाले विभिन्न जनाधारित कार्यक्रम गरिरहेको हुदाँ सुझाव र सल्लाह अनुसार नै जनताको काम गर्ने वताए । 

कार्यक्रमममा टोल विकास समितीका सदस्यहरु, आम वुद्धिजीवि र स्थानिय वासिन्दाहरुको सहभागिता रहेको थियो । 

images
प्रकाशित मिति :श्रावण १०, २०८० बुधवार - १४:५७:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology