Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

जनकपुरबाट पेस्तोलसहित एक किशोरी पक्राउ

जनकपुरबाट पेस्तोलसहित एक किशोरी पक्राउ

इच्छाकामना न्युज

८, कार्तिक २०८०
जनकपुरबाट पेस्तोलसहित एक किशोरी पक्राउ

जनकपुरधाम । जनकपुरबाट पेस्तोलसहित एक किशोरी पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला लख्खी शेराई ग्रामपञ्चायत बडीपोखरी वडा नं.९ बस्ने पप्पु सहनीकी छोरी अन्दाजी १६ वर्षीया पूजा कुमारी सहनी रहेको प्रहरीले जनाएको छ ।

images

जनकपुरधामको रेल्वे स्टेसननजिक हनुमान मन्दिरबाट मंगलबार साँझ करिब ८ बजेतिर उनलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । रेल्वे सुरक्षा बेस जनकपुरबाट खटिएको सशस्त्र प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा उनको साथबाट एक थान कटुवा पेस्तोल बरामद भएको सशस्त्र प्रहरी धनुषाले जनाएको छ ।

उनको साथबाट नेपाली ६५ रुपैयाँ, भारतीय फाइभ–जी सिम एक थान र चाँदीको जस्तो देखिने मालाको लकेट एक थान बरामद भएको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिइ रेल्वे सुरक्षा बेस जनकपुरधाममा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक ८, २०८० बुधवार - ०८:०७:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology