Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

ढोग नगरेको भन्दै कुटपिट गर्दा एक युवकको मृत्यु

ढोग नगरेको भन्दै कुटपिट गर्दा एक युवकको मृत्यु

images

इच्छाकामना न्युज

९, कार्तिक २०८०
ढोग नगरेको भन्दै कुटपिट गर्दा एक युवकको मृत्यु
images

सुर्खेत । ढोग (दर्शन) नगरेको भन्दै कुटपिट गर्दा सल्यानमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बागचौर नगरपालिका-७ कोटबारा पुरानछाप निवासी २० वर्षीय घनश्याम ओली रहेका छन्। उनलाई छिमेकी गाउँ स्याँलाका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीले ४ कार्तिकमा कुटपिट गरेका थिए ।

सोही दिन गाउँको भलिबल खेल्ने मैदानमा सहभागी सबैजना सहभागी थिए । स्याँला गाउँबाट आएका केशर र सन्तोषले घनश्यामलाई हामीहरू तेरो दाई पर्छौं ढोग गर भनेर भनेका थिए । तर, घनश्यामले ढोग दिएनन् ।

त्यसपछि उनीहरूले कुटपिट गरेका थिए । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नवीन कार्कीका अनुसार घाइते हुनेगरी कुटपिट गरेपछी घनश्यामको उपचारका क्रममा बुधबार भारतको लखनउमा मृत्यु भएको छ।

परिवारले घनश्यामको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि दसैंको अघिल्लो दिन बागचौर स्थित जनप्रिय मेडिकलमा पुर्याएका थिए । डाक्टरले शरिर भित्र रगत जमेको र यहाँ उपचार सम्भव नहुँने बताएपछि नेपालगञ्ज हुँदै भारतमा लागेको प्रहरी प्रमुख कार्कीले बताए । कार्कीका अनुसार कुटपिट गर्ने सन्तोष ओलीलाई दाङबाट पक्राउ गरिएको छ भने केशर फरार छन्। घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

 
 

images
प्रकाशित मिति :कार्तिक ९, २०८० बिहिवार - ०९:०२:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology