Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

कावासोतीमा १६ वर्षकी नाबालिकाको ४० वर्षीय पुरुषसँग जबरजस्ती बिहे, आमासहित पाँच जना पक्राउ

कावासोतीमा १६ वर्षकी नाबालिकाको ४० वर्षीय पुरुषसँग जबरजस्ती बिहे, आमासहित पाँच जना पक्राउ

कावासोतीमा १६ वर्षकी नाबालिकाको ४० वर्षीय पुरुषसँग जबरजस्ती बिहे, आमासहित पाँच जना पक्राउ
images

चितवन । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा १६ वर्षीय नाबालिकाको ४० वर्षीय पुरुषसँग जबरजस्ती विवाह गराइदिने आमासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

images
images

जिल्ला प्रहरी कार्यालय नवलपुरले बालिकाको भाउजूले दिएको उजुरीको आधारमा छोरीलाई दबाब दिएर विवाह गराउने आमा, दुई जना सानीमा र एक जना सानोबुबासहित विवाह गर्ने पुरुषलाई पनि समातेको हो । मंसिर २९ गते आफ्नो घरबाट केही पर रहेको सानीमाको घर लगेर १६ वर्षकी छोरीलाई उनकी आमाले विवाह नगर्ने भए आफू झुण्डेर मर्ने भन्दै विवाह गर्न दबाब दिएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुर प्रहरी निरीक्षक साजनकुमार शर्माका अनुसार आमा र दुई सानीमा सानोबाको दबाबका कारण किशोरी विवाहको लागि राजी भएकी थिइन् । आफ्नो घर नै नलगी कावासोतीमै रहेको सानीमाको घरबाट छोरीको टिकोटालो गरेर विवाह गराइदिएर आमा घर फर्किएकी थिइन् ।

सानीमाको घर गएकी नन्द घर नफर्किएपछि सोधी खोजी गर्दा ४० वर्षको पुरुषसँग विवाह गरिदिएको थाहा पाएपछि भाउजूले प्रहरीमा जाहेरी दिएकी इन्स्पेक्टर शर्माले जानकारी दिए । सोही जाहेरीका आधारमा प्रहरीले हिजो मङ्गलवार आमासहित बालिका विवाहमा संलग्न पाँचै जनालाई नियन्त्रणमा लिएको हो ।

४० वर्षका पुरुषले बालिकासँग दोस्रो विवाह गरेका हुन् । उनलाई नियन्त्रणमा लिएपछि बालिकालाई भाउजूको संरक्षणमा पठाइएको प्रहरीले जानकारी दिएको छ । १६ वर्षकी बालिका ७ कक्षा पढेर छोडेकी थिइन् । १२ वर्षअघि नै उनको बाबुको मृत्यु भएको, परिवारमा दुई दाइ, भाउजू र आमा रहेका छन् । तर, दुई दाइ भने वैदेशिक रोजगारीमा रहेका जनाइएको छ ।

images
प्रकाशित मिति :पौष ४, २०८० बुधवार - ०८:४३:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology