Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

चितवनमा बोरामा भेटिएको शवको डेढ महिनापछि पहिचान खुल्यो : भतिजसँग विवाहेत्तर सम्बन्धपछि महिलाको श्रीमानले गरे हत्या

चितवनमा बोरामा भेटिएको शवको डेढ महिनापछि पहिचान खुल्यो : भतिजसँग विवाहेत्तर सम्बन्धपछि महिलाको श्रीमानले गरे हत्या

इच्छाकामना न्युज

२३, पौष २०८०
चितवनमा बोरामा भेटिएको शवको डेढ महिनापछि पहिचान खुल्यो : भतिजसँग विवाहेत्तर सम्बन्धपछि महिलाको श्रीमानले गरे हत्या

चितवन । चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएका दुई जनाको हत्या विवाहेत्तर सम्बन्धका कारण भएको खुलासा भएको छ । गत मङ्सिर ६ गते भरतपुर महानगरपालिका–१२ स्थित मिलन चोकमा महिला र पुरुषको शव फेला परेको थियो । 

images

लामो समय मृतकको पहिचान नै हुन नसकेकोमा केन्द्रीय अनुसन्धान ब्युरोले अन्ततः मृतकको पहिचान गर्दै प्रारम्भिक अनुसन्धानमा उनीहरूको हत्यामा महिलाका पति संलग्न भएको पत्ता लगाएको हो । ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार मृतकहरू भारत मोतिहारी फुलबारिया सुगौली निवासी १९ वर्षीय ऋषभ कुमार कुशवाहा र सोही स्थानको सुगांव डीह निवासी ३० वर्षीया अस्मिता भन्ने सन्जु देवी रहेका छन् । उनीहरूको हत्या अस्मिताका पति ३३ वर्षीय अखिलेश भगतले गरेको अधिकारीको भनाई छ ।

मृतकहरू नेपालमा तरकारी, फलफूल व्यापारका लागि पटक–पटक आउने गरेका थिए । उनीहरू अन्तिम पटक दसैँपछि नेपाल आएर चितवनको मिलचोकमा कोठा लिएर बस्न थालेका थिए । दुई जनाबिच सम्बन्ध रहेको शङ्का गर्दै अस्मिताका श्रीमान् भगतले उनीहरूसँग झगडासमेत गरेको प्रहरीको भनाई छ ।

यसको रिसमा मङ्सिर २ गते भगतले दुई जनालाई उनीहरूकै कोठामा हत्या गरेका थिए । त्यसपछि दुईवटा शवलाई जुटको बोरामा बन्द गरी ३ गते राति साइकलमा राखेर कल्भर्टमा फालेका थिए । यो कुरा सीसीटिभी फुटेजमा पनि कैद भएको प्रहरीको भनाई छ ।

घटनापछि भगत सुटुक्क भारत फर्किएका थिए । प्रहरीले उनको खोजी गर्न भारतीय प्रहरीसँग समन्वय गर्दा उनीमाथि अपहरण र व्यक्ति बेपत्ता सम्बन्धी एफआईआर दर्ता भई पुस १६ गते पक्राउ परेको पत्ता लागेको थियो । 

भगत हाल भारतको केन्द्रीय कारागार मोतिहारीमा रहेको र भारतीय प्रहरीले समन्वयमा उनीसँग सोधपुछ गर्दा उनले नेपाल आएर भतिज नाता पर्ने कुशवाह र पत्नी अस्मिताको हत्या गरेको स्वीकार गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

images
प्रकाशित मिति :पौष २३, २०८० सोमवार - २१:१०:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology