Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

फिल्ममा अभिनय गर्दै धरानका मेयर हर्क साम्पाङ, ‘खजुरे ब्रो’मा एक मिनेटको भूमिका

फिल्ममा अभिनय गर्दै धरानका मेयर हर्क साम्पाङ, ‘खजुरे ब्रो’मा एक मिनेटको भूमिका

इच्छाकामना न्युज

१४, माघ २०८०
फिल्ममा अभिनय गर्दै धरानका मेयर हर्क साम्पाङ, ‘खजुरे ब्रो’मा एक मिनेटको भूमिका

धरान । छायांकनमा रहेको फिल्म ‘खजुरे ब्रो’मा धरानका मेयर हर्क साम्पाङले पनि अभिनय गरेका छन् । उनको फिल्म भित्र एक मिनेटको भूमिका रहेको निर्माणपक्षले बताएको छ । हर्कले आफ्नो चरित्रको छायांकन सकाएका छन् । 

फिल्मका कार्यकारी निर्माता डायमण्ड उप्रेतीले धरानका आइकनिक व्यक्तिको बिषय र सांस्कृतिक पक्षलाई उजागर गर्ने उद्देश्य फिल्मको रहेको बताएका छन् । 

सुरज सुनुवारको निर्देशनमा तयार भइरहेको यो फिल्मलाई दिव्य दृश्य इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो । फिल्ममा नवीन मानन्धर र सुरज सुनुवारको निर्माण छ । शिशिर विशङ्खेको छायांकन रहेको फिल्ममा अनमोल गुरुङको संगीत छ ।

फिल्ममा नीति शाह, महेश त्रिपाठी, रेयर राई, नवीन मानन्धर लगायतका कलाकारको अभिनय रहेको छ । यो फिल्मको काठमाडौंको दृश्य खिचेर निर्माणपक्ष धरान पुगेको हो । धरानमा फिल्मको ९० प्रतिशत छायांकन हुनेछ । केही दृश्य दार्जिलिङमा पनि खिचिने निर्माणपक्षले बताएको छ । 

images

images
प्रकाशित मिति :माघ १४, २०८० आइतवार - ०८:५०:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology