Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा म्याग्दे गाँउपालिका गण्डकी प्रदेशमा नै पहिलो

स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा म्याग्दे गाँउपालिका गण्डकी प्रदेशमा नै पहिलो

इच्छाकामना न्युज

१७, माघ २०८०
स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा म्याग्दे गाँउपालिका गण्डकी प्रदेशमा नै पहिलो

तनहुँ । स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा तनहुँको म्याग्दे गाँउपालिका गण्डकी  प्रदेशमा नै पहिलो पालिका वनेको छ । लिजामा सार्वजनिक गरिएको आर्थिक वर्ष ०७९।८० को नतिजा अनुसार म्याग्दे गााउपालिका प्रदेशमा नै ९४.५ अंक प्राप्त गरि पहिलो वन्न सफल भएको हो । 

images

लिजाको नियम अनुसार विभिन्न १० वटा शिर्षकमा गर्नेछ । जसमा म्याग्दे गाँउपालिकाले शासकीय प्रवन्धमा ९ अंक प्राप्त गरेको छ भने संगठन तथा प्रशासनमा ८ अंक, वार्षिक वजेट तथा योजना व्यवस्थापनमा ११ अंक, वित्तिय तथा आर्थिक व्यवस्थापनमा ११ अंक, सेवा प्रवाहमा १५, न्यायिक कार्य सम्पादनमा ६.५, भौतिक पुर्वाधारमा ११.५, सामाजिक समावेशीकरणमा ९.५, वातावरण संरक्षण् तथा विपद व्यवस्थापनमा ८.२५ र सहकार्य र समन्वयमा ४.७५ अंक प्राप्त गरि कुल ९४.५ प्राप्त गरि गण्डकी प्रदेशमा नै पहिलो पालिका वनेको हो । 

पालिकाले शासकीय प्रवन्ध, संगठन तथा प्रशासन र वार्षिक वजेट तथा योजना व्यवस्थापनमा शत प्रतिशत नतिजा निकालेको छ । 

लिजामा प्रकाशित नतिजा अनुसार म्याग्दे गाँउपालिकाले समग्र स्थितीमा ९७.६२ प्रतिशत, प्रक्रियागत स्थितीमा९५.५९ प्रतिशत र परिमाणात्मक स्थितीमा ९२.२२ प्रतिशत नतिजा प्राप्त गरेको छ । 

गण्डकी प्रदेश भरिका ८५ वटा पालिका मध्ये ८२ वटा पालिकाको नतिजामा म्याग्दे गाँउपालिका प्रदेशको नै पहिलो पालिका वनेको छ भने स्याङजाको अर्जुनचौपारी दोश्रोमा र तनहुँको आवुखैरेनी गाँउपालिकाले तेश्रो स्थानमा रहेको छ ।

420589125_1074174960447162_7708077749280707475_n.jpg

images
प्रकाशित मिति :माघ १७, २०८० बुधवार - १०:०५:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology