Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

अब स्कुलमा टाईको सट्टा भादगाउँले टोपी

अब स्कुलमा टाईको सट्टा भादगाउँले टोपी

इच्छाकामना न्युज

२६, माघ २०८०
अब स्कुलमा टाईको सट्टा भादगाउँले टोपी
images

इटहरी । सुनसरीको इटहरी उमहानगरपालिकाले सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने निर्णय गरेको छ । शिक्षा समितिले नगर क्षेत्रभित्र रहेका निजी तथा सामुदायिक विद्यालयमा एउटै पोसाक लागू गर्ने निर्णय गरेको हो ।

images
images

इटहरीमा १ सय ३४ निजी र ३६ सामुदायिक गरी १ सय ७० विद्यालय छन् । अब नगर क्षेत्रका ६३ हजार पाँच सय २६ विद्यार्थी एउटै पोसाकमा विद्यालय जाने इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले बताए । विद्यार्थीको पोसाकमा विविधता देखिएको भन्दै एकरूपता ल्याउनका लागि यस्तो निर्णय लिएको उनको भनाई छ ।

उपमहानर प्रमुख पौडेलले विद्यालयमा टाई हटाएर भादगाउँले टोपी लगाउने समेत निर्णय गरेको बताए । उपमहानगरका कर्मचारी र जनप्रतिनिधिको सन्तानलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने निर्णय पनि गरिएको छ ।

विद्यालय मातहतमा कुनै स्टेशनरी बेच्न नपाइने र भर्ना शुल्क वापत एक पटक लिएपछि सो विद्यालयमा पढ्ने विद्यार्थी वापत पटक-पटक कक्षा चढ्दा भर्ना शुल्क लिन नपाइने निर्णय भएको प्रमुख पौडेलले बताए । विद्यालय आफैँले किताब बेच्न नपाउने निर्णय गरेको उनको भनाई छ । साथै विद्यालय हाताभित्रबाट पाठ्यपुस्तक तथा शैक्षिक सामग्री बिक्री/वितरणमा रोक लगाएको हो ।

images
प्रकाशित मिति :माघ २६, २०८० शुक्रवार - ०७:५४:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology