Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

धादिङको गजुरीमा जनयुद्धको रमाइलोः अध्यक्ष बिदा दिने, उपाध्यक्ष बदर गर्ने

धादिङको गजुरीमा जनयुद्धको रमाइलोः अध्यक्ष बिदा दिने, उपाध्यक्ष बदर गर्ने

इच्छाकामना न्युज

१, फाल्गुण २०८०
धादिङको गजुरीमा जनयुद्धको रमाइलोः अध्यक्ष बिदा दिने, उपाध्यक्ष बदर गर्ने
images

काठमाडौँ । जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने विषयलाई लिएर गजुरी गाउँपालिकामा जनप्रतिनिधिबीच रमिता सुरु भएको छ । 

images
images

गृह मन्त्रालयले १ फागुनमा सार्वजनिक बिदा दिने यसअघिको निर्णय कायम नरहेको जनाएकै दिन अर्थात २९ माघमा गजुरीले बिदाबारे २ थरी सूचना प्रवाह गरेको छ । 

गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले १ फागुनमा जनयुद्ध दिवस रहेको र सोको स्मरणमा सार्वजनिक बिदा दिने निर्णय भएको भन्दै सूचना जारी गरे । 

हेर्नुहोस् अध्यक्षको सूचना 

426724379_1097793611267808_6469155699181865627_n1707788363.jpg

सूचनामा पालिकाभर बिदा दिने निर्णयअनुसार बिदा दिने भनिएको छ । तर उनको सूचना सार्वजनिक हुन नपाउँदै गाउँपालिका उपाध्यक्ष शर्मिला बिसुरालले अर्को सूचना जारी गर्दै बिदा नभएको भनेकी छन् । 

उनले विज्ञप्तिमार्फत सरकारले बिदा दिने निर्णय सच्याइसकेको र सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दे बिदा नदिने निर्णय भएको मात्र भनेकी छैनन्, अध्यक्षले कार्यपालिकामा छलफल बिनै एकलौटी बिदा दिएको आरोप समेत लगाएकी छिन् ।

यस्तो छ उपाध्यक्षको सूचना 

426720377_898527315081867_8163801130400456941_n1707788415.jpg

images
प्रकाशित मिति :फाल्गुण १, २०८० मंगलवार - १०:०७:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology