Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

सिराहाको लहानमा ‘भ्यालेन्टाईन डे’को दिन साथीको कोठामा लगेर नाबालिगमाथि बलात्कार, एक पक्राउ

सिराहाको लहानमा ‘भ्यालेन्टाईन डे’को दिन साथीको कोठामा लगेर नाबालिगमाथि बलात्कार, एक पक्राउ

इच्छाकामना न्युज

३, फाल्गुण २०८०
सिराहाको लहानमा ‘भ्यालेन्टाईन डे’को दिन साथीको कोठामा लगेर नाबालिगमाथि बलात्कार, एक पक्राउ

वीरगन्ज । सिराहाको लहानमा एक नाबालिगमाथि ललाइफकाइ बलात्कार भएको घटना उजागर भएको छ । लहान नगरपालिकाको वडा नम्बर १ स्थित साथीको कोठामा लगेर बलात्कार गरेको घटना बाहिरिएको हो ।

images

‘भ्यालेन्टाइन डे’ मनाउन कोठामा बोलाएर निकेश यादवले १५ बर्सिया नाबालिगलाई बलात्कार गरेको सिराहा प्रहरी प्रवक्ता रवीन्द्रराज पाण्डेले जनाए ।  लहान नगरपालिका १ स्थित अरुण यादवले भाडामा लिएर बस्दै आएको कोठामा निकेश यादवले नाबालिगमाथि बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको सिराहा प्रहरीले जनायो ।  

बलात्कृत बालिकाको अवस्था गम्भीर रहेको सिराहा प्रवक्ता पाण्डे बताउँछन् ।  उनका अनुसार बुधबार दिउँसो बलात्कृत बालिका अत्यधिक रक्तश्राव भएर भएर बेहोस भएकी थिइन् । उपचारपछि उनको अवस्था सामान्य बनेपछि पीडितलाई घर पठाइएको सिराहा प्रहरी बताउँछ । 

सिराहा प्रहरी प्रवक्ता पाण्डेले भने,‘बलात्कारको ५-६ घण्टापछि पीडितको आफन्तले प्रहरीलाई खबर ग¥यो, त्यस लगत्तै हामी घटनास्थल पुगेर प्रमाण जुटाउने काम ग¥यौं । अनि आज बिहान सवा ३ बजे पीडकलाई पक्राउ गर्यौं ।
 
पक्राउ परेका पीडक र पीडित बालिका दुबैजनाको मेडिकल गराएर बाँकी प्रक्रिया आगाडि बढाइएको सिराहा प्रहरी प्रवक्ता पाण्डेको भनाइ छ । पीडक यादवलाई इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान भइरहेको सिराहा प्रहरीको भनाइ छ । 
प्रहरीका अनुसार दुबैजना साथी नै रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । अहिले पीडक यादवमाथि जबरजस्ती करणी मुद्दा अन्तर्गत म्याद थप गरेर कानुनी प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय लहानका डिएसी भोला भट्टले जनाए । 

images
प्रकाशित मिति :फाल्गुण ३, २०८० बिहिवार - १३:०५:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology