Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

तनहुँको म्याग्देमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्यन सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

तनहुँको म्याग्देमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्यन सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

इच्छाकामना न्युज

१०, फाल्गुण २०८०
तनहुँको म्याग्देमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्यन सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

तनहुँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय पोखराको आयोजनामा म्याग्दे गाँउपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्यन सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । म्याग्दे गाँउपालिकाको अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा आयोगका कार्यलय प्रमुख असमान तमाङको प्रमुख आतिथ्यतामा भएको थियो । 

images

अन्तरक्रिया कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय पोखराको कार्यलय प्रमुख असमान तमाङले अख्तियारको नियमित प्रक्रिया अन्तरगत स्थानिय तह, प्रदेश र केन्द्रमा हुने भष्ट्राचारको उजुरी र प्रक्रियाको वारेमा जानकारी गराएका थिए । अख्तियारमा उजुरी पर्ने, त्यसको गोप्यअनुसन्धान हुने, उजुरीको प्रकृति अनुसार अनुसन्धान कसरी हुन्छ भन्ने कुरा वताएका थिए । 

अख्तियारमा हुने उजुरीमा चरणवद्ध रुपमा अनुसन्धान हुने हुदाँ अख्तियारले सोधेको प्रश्न स्पष्ट रुपमा दिनुपर्ने वताए । गोलमटोल जवाफले नहुने हुदाँ स्पष्टीकरण चित्त नवुझे आयोगले वोलाउने समेत बताए । भष्ट्राचार विहिन समाज निर्माण नै अख्तियारको उद्येश्य भएको बताए । 

जनप्रतिनिधी र कर्मचारीको ईमान्दारिताले नै सदाचार, निष्पक्षता र निर्भिकता प्राप्त हुने हुदाँ पदीय जिम्मेवारी वहन गर्न सवै लाग्नुपर्ने प्रमुख तामाङले वताए । 
अन्तरक्रिया कार्यक्रममा कार्यलयका उपसचिव सन्तोष तिमल्सेनाले कार्यक्रमको विषयवस्तुको वारेमा प्रष्ट पारेका थिए । 

कार्यक्रममा म्याग्दे गाँउपालिका भित्रका वुद्धिजीवि, नागरिक समाज, विद्यालय व्यवस्थापन समितीको अध्यक्ष, शिक्षकवर्गहरु, पत्रकार, सहकारीको प्रतिनिधीहरुले अख्तियारको प्रक्रिया र यसको कार्यन्वयनको वारेमा प्रश्न सोधेका थिए भने कार्यलय प्रमुखले सहभागिहरुको प्रश्नको जवाफ दिएका थिए । 

कार्यक्रमका अध्यक्ष एवं पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पालिकामा हुने भष्ट्राचारजन्य कार्यमा शुन्य सहनशीलता अपनाएर काम गरेको वताए । जनताको विकास र परिवर्तन वाहेक केही नभएको हुदाँ सम्पुर्ण जनप्रतिनिधीहरु मिलेर विकास र जनतामा परिवर्तनको आभास हुने गरि काम गर्नुपर्ने श्रेष्ठले बताए । पालिकामा हुने वेथिती र विसंगतिको विरुद्ध आफु सधै चनाखो भएको हुदाँ भष्ट्राचारजन्य गतिविधि आफुलाई मान्य नहुने समेत अध्यक्षले बताए । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय पोखराको आयोजनामा भएको कार्यक्रममा पालिका भित्रका वुद्धिजीवि, नागरिक समाज, विद्यालय व्यवस्थापन समितीको अध्यक्ष, शिक्षकवर्गहरु, पत्रकार, सहकारीको प्रतिनिधी, कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षहरुको सहभागिता रहेको थियो । 

images
प्रकाशित मिति :फाल्गुण १०, २०८० बिहिवार - २०:४५:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology