सुनसरी । बराहक्षेत्र नगरपालिका-१ बाघ खोलाबाट ठूलो परिमाण लागूपदार्थ गाँजा सहित एम्बुलेन्स बरामद भएको छ।
ससस्त्र प्रहरी बेस क्याम्प चतराको टोलीले एम्बुलेन्समा लोड गर्दागर्दै ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।
सशस्त्र प्रहरी बेस क्याम्प चतराका निरीक्षक डिकबहादुर गोलेको टोलीले को १ च २९३७ नम्बरको एम्बुलेन्समा ९ बोरा गाँजा लोड गरिरहेको अवस्थामा बरामद गरेको हो।
सशस्त्र प्रहरी बेस क्याम्प चतराका निरीक्षक डिकबहादुर गोलेका अनुसार राति २ बजे ३० मिनेट अन्दाजी बाघ खोलामा गस्ति गर्ने क्रममा एम्बुलेन्समा गाँजा लोड गरिरहेको अवस्थामा बरामद गर्न सफलता प्राप्त भएको हो। गाँजा र एम्बुलेन्समा छोडी चालक फरार भएको उनले जानकारी दिए।