Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

धादिङको गजुरीबाट ६२० किलो गाँजा सहित ट्रक र चालक पक्राउ

धादिङको गजुरीबाट ६२० किलो गाँजा सहित ट्रक र चालक पक्राउ

इच्छाकामना न्युज

१५, फाल्गुण २०८०
धादिङको गजुरीबाट ६२० किलो गाँजा सहित ट्रक र चालक पक्राउ
images

धादिङ । पृथ्वी राजमार्ग हुँदै मुग्लिनतर्फ आउदै गरेको एक मालवाहक ट्रकबाट धादिङ प्रहरीले ठुलो परिमाणमा लागु औषध गाँजा बरामद गरेको छ ।

images
images

आज बिहान अन्दाजी ४ बजेको समयमा जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी उपरीक्षक गौतमकुमार केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले गजुरी गाउँपालिकास्थित वडा नम्वर –२ विहानी प्ट्रोल पम्प नजिकैबाट सो लागु औषध बरामद गरेको हो ।

मधेश प्रदेश ०३–००१ख८३०९ नम्वरको मालवहाक मिनी ट्रक मुग्लिनतर्फ जाँदै गरेको ट्रक सुचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिई जाँच गरेकाेमा साे परिणामकाे लागु औषध गाँजासहित ट्रक चालकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाही जिल्ला लालबन्दि नगरपालिका वडा नम्वर ७ निवासी ३० वर्षीय सन्तोषकुमार शाह रहेका छन् ।

प्लाष्टिकको प्याकमा ठोरीले बाँधेर सो लागु औषध लोड गराएको अवस्थामा भेटिएको हो । बरामद लागु औषधी भारततर्फ विक्रिका लागी लग्दै गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

चालकलाइ लागु औषध नियन्त्रण ऐन २०३३ को परिछेद ३ दफा १४ को उपदफा १को देहाय घको ५ बमाेजिम जरिवाना र कानुनी कारवाही अगाडि बढाईने प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १५, २०८० मंगलवार - २२:४३:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology