भरतपुर । भरतपुर महानगरपालिका वडा नं-२, लीलाचोकमा लागूऔषधसहित एक युवती पक्राउ परेकी छन् ।
महिला प्रहरीसहितको सादा पोसाकमा खटेको प्रहरी टोलीले भरतपुर २, क्षेत्रपुर बस्ने २२ वर्षीया सबिता न्यौपानेलाई शंकाका आधारमा चेकजाँच गर्ने क्रममा निजको साथबाट प्रतिबन्धित लागूऔषध नफिन ५० एम्पुल, फेनारगन ५० एम्पुल र डाइजेपाम ५० एम्पुल गरी १५० एम्पुलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
निज युवतीको बारेमा आवश्यक अनुसन्धान गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।