Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

गैंडाकोटलाई हराउँदै आँबुखैरेनी गाउँपालिका भरतपुर च्याम्पियनसिपको फाइनलमा प्रवेश

गैंडाकोटलाई हराउँदै आँबुखैरेनी गाउँपालिका भरतपुर च्याम्पियनसिपको फाइनलमा प्रवेश

इच्छाकामना न्युज

७, चैत्र २०८०
गैंडाकोटलाई हराउँदै आँबुखैरेनी गाउँपालिका भरतपुर च्याम्पियनसिपको फाइनलमा प्रवेश
images

चितवन। सहज जित हात पार्दै आँबुखैरेनी भरतपुरमा जारी सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा गैंडाकोट एफसीलाई ३–० ले हराउँदै आँबुखैरनी फाइनलमा प्रवेश गरेको हो । 

images
images

आँबुखैरनीको जितमा अबायोमी र फोडे फोफनाले गोल गरे । आँबुखैरनीले एक उपहार गोल पाएको थियो । आँबुखैरेनीका भविन्द्र मल्ल म्यान अफ दि म्याच भए । 

IMG-20240320-WA0013 (2).jpg

आँबुखैरेनीले अब उपाधिका लागि चैत १० गते सेन्ट्रल कलेज २८ बिगाको सामना गर्नेछ । २८ बिगा यस अघि पहिलो सेमिफाइनलमा घैरुङ एफसीलाई हराउँदै फाइनलमा पुगिसकेको छ । 

 चितवन ११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिता चैत १० गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले तीन लाख ३ हजार तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।

images
प्रकाशित मिति :चैत्र ७, २०८० बुधवार - २२:१५:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology