Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

तनहुँको म्याग्दे गाँउपालिकामा वडा समितीलाई योजना तर्जुमा र अनुगमन सम्वन्धी तालिम 

तनहुँको म्याग्दे गाँउपालिकामा वडा समितीलाई योजना तर्जुमा र अनुगमन सम्वन्धी तालिम 

इच्छाकामना न्युज

९, चैत्र २०८०
तनहुँको म्याग्दे गाँउपालिकामा वडा समितीलाई योजना तर्जुमा र अनुगमन सम्वन्धी तालिम 

तनहुँ । म्याग्दे गाँउपालिकामा स्थानीय तहको वडा समितीलाई सहभागितामुलक योजना तर्जुमा र अनुगमन सम्वन्धी तालिम शुरु भएको छ । गण्डकी प्रदेश प्रशिक्षणप्रतिष्ठानको आयोजनामा शुरु भएको कार्यक्रम म्याग्दे गाँउपालिकाको अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको थियो । 

images

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक ऋषि पाण्डेले उद्घाटन गरेको सो प्रशिक्षण कार्यक्रममा म्याग्दे गाँउपालिकाका जनप्रतिनिधीहरुलाई विकास र योजना, नेपालको संघिय संरचना र स्थानीय तहको काम, कर्तव्यर अधिकार सम्वन्धी विषयमा प्रशिक्षण दिईएको थियो । 

431116992_827301312530913_1913137061930224152_n.jpg

स्थानिय तहको योजना तर्जुमा प्रक्रियार वडा समितीको भुमिका के हुने भन्ने विषयमा प्रतिष्ठानका क्षमिता विकास विज्ञ विष्णु नेपालीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा जनप्रतिनिधीहरुलाई वस्तीस्तरमा योजना छनौट तथा वडास्तरमा प्राथमिकता निर्धारण कसरी गर्ने भन्नेमा छलफल भएको थियो । 

यसै गरि प्रशिक्षक कपिल न्यौपानेले वजेट तथा कार्यक्रम तर्जुमा समितीको भुमिका र एकीकृत योजना तर्जुमा प्रशिया, सुशासन, समाजिक जवाफेहिता र अनुगमन तथा मुल्यांङन र भुक्तानी प्रक्रिया सम्वन्धी जानकारी दिईएको थियो । 

प्रशिक्षक भानु पराजुलीले योजनाको अवधी,योजना तर्जुमा गर्दा ध्यान दिनुपर्ने कुराहरु, जवाफदेहिताकोमुख्य औजारहरु का विषयमा प्रकाश पारेका थिए । 

कार्यक्रममा पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानवाट दिईएको तालिममले जनप्रतिनिधिमा आफनो काम, कर्तव्य र अधिकारका साथै क्षेत्राधिकारका वारेमा प्रष्ट भएको वताए । जनप्रतिनिधीलाई उचित तािलमाको व्यवस्था नुहदाँ कार्यसम्पादनमा असहज भएको अवस्थामा तालिम प्रभावकारी भएको अध्यक्ष श्रेष्ठले बताए । 

images
प्रकाशित मिति :चैत्र ९, २०८० शुक्रवार - ०७:३३:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology